माओवादीलाई गृह मन्त्रालय दिए मुलुक संकट तर्फ : शंकर पोखरेल

Read Time:1 Minute, 54 Second

पर्वत, २८ चैत
नेकपा (एमाले) का सचिव शङ्कर पोखरेलले एकीकृत नेकपा (माओवादी)लाई गृह मन्त्रालय दिए मुलक थप सङ्कटतर्फ धकेलिने बताएकाछन । प्रेस चौतारी पर्वतले आज बिहान आयोजना गरेको पत्रकार भेटघाटमा सचिव पोखरेलले शान्ति र संविधानको मुद्दा नटुङ्गिएको बताउँदै माओवादीलाई गृह मन्त्रालय दिन नहुने पार्टीको अडान रहेको स्पष्ट गरे ।

प्रधानमन्त्री छोड्न सक्ने माओवादीले गृह मन्त्रालय पनि त्याग गर्न सक्नुपर्ने बताउँदै सचिव पोखरेलले मन्त्रालय नपाउँदैमा माओवादीले सरकार नछाड्ने दाबी गरे । उनले माओवादीले हतियारको त्रास देखाएर सत्ताकब्जा गर्ने प्रयत्न गरेको बताउँदै हतियारको त्रासमा संविधान जारी हुन नसक्ने स्पष्ट गरे ।

सचिव पोखरेलले मुलुकको प्रमुख शक्ति नेपाली काँग्रेसलाई समेत सरकारमा सहभागी गराउनुपर्ने बताउँदै नेपाली काँग्रेसको सहभागिताबिना शान्तिप्रक्रिया र संविधान निर्माणले पूर्णता पाउन नसक्ने बताए  ।

उनले भने– ‘सहमतिका लागि नेपाली काँग्रेससँग पहल भइरहेको छ त्यसका लागि सातबुँदे सहमति खारेज गरेर नयाँ सहमति गर्न सकिन्छ ।’ सहमतिबिना जेठ १४ भित्र संविधान जारी हुन नसक्ने बताउँदै सचिव पोखरेलले संविधान जारी नभए मुलुक थप राजनीतिक सङ्कटमा फस्ने बताए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %