अर्चलेमा भूपू प्रधानपञ्च रूद्रबहादुरको स्मृतिमा महोत्सव

Read Time:7 Minute, 41 Second

रूद्र श्रीसमगर


Image may contain: 5 people, people standing, child and outdoor


बिरुवा, चैत्र २० – करिब २० वर्ष यता जनप्रतिनिधी नहुँदा जनताहरु उकुसमुकुस भइरहेको बेला स्यांग्जाको अर्चले गाविसमा पूर्व जनप्रतिनिधीको स्मृतिमा स्थानीय युवाहरुले महोत्सवको आयोजना गरेका छन् ।

२० वर्षपछि हुन थालेको स्थानिय निर्वाचनको संघारमा स्यांग्जाली युवाहरुले स्थानीय कृर्षी मौलिक कला संस्कृति संबद्र्धन र प्रबद्र्धनमा आजको युवाहरुको पहिचान भन्ने मूल नाराका साथ पूर्व प्रधानपन्च स्वर्गीय रूद्रबहादुर थापालाई सम्झिएका हुन् ।

कानुङ मगरात युवा क्लब बिरुवा गाउँपालिका वार्ड नं २ अर्चले स्याङ्जाको आयोजनामा शनिबारदेखी शुरु भएको महोत्सव चैत्र २४ गते समापन हुनेगरी सौहार्दपुर्ण बातरवरणमा चलिरहेको छ । महोत्सवमा स्थानिय कृर्षी उत्पादनको ३५ वटा स्टल राखिएको छ भने मगर जातिका लोकप्रीय नृत्य  घाटु र सोरठी पनि दिनभर प्रदर्शन भइरहेको छ ।

Image may contain: 3 people, outdoor


महोत्सवमा राष्ट्रिय कलाकार लोक दोहोरीका हस्तीहरुको पनि जोडदार प्रस्तुत भइरहेको आयोजकले बताएका छन् । सास्कृतिक कार्यक्रम र कृर्षी प्रदर्शनीका अतिरिक्त महोत्सवमा उत्साहबद्र्धक रुपमा भलिबल प्रतियोगिता पनि भइरहको छ । जिल्लाका विभिन्न समूह गरी कुल २६ टिम प्रतियोगितामा सहभागी भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई ५०,०००  (पचास हजार रुपैयां मात्र), दोस्रो हुनेलाई  ३५,००० । –पैतिस हजार रुपैयां मात्र) र तेस्रो हुनेलाई १५,००० – पन्ध्र हजार रुपैयां मात्र) रुपैयां नगदको व्यवस्था गर्रिएको आयोजक क्लबका अध्यक्ष  टोम बहादुर थापा(सुनदर) ले जानकारी दिए ।

महोत्सवको उद्घाटन प्रमुख अतिथी स्व प्रधानपञ्चको सुपुत्री  इन्द्रकुमारी थापाले गर्नुभएको थियो । शिक्षीका समेत रहेकी थापाले समाज परिवर्तनको लागि पुर्व प्रधानपन्च रुद्रबहादुरले खेलेको भुमिकालाई मुल्यांकन गर्दै उहांको समाजसेबी भावनालाई सबैले अनुसारण गर्नु पर्नेमा जोड दिनुभयो ।

मेला संयोजक रितकुमार थापाको सभापतित्व, सागर थापाको संचालन,  क्लबका अध्यक्ष टोमबहादुर थापाको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा समाजसेबी तथा युवा ब्यबसायी गोविन्द थापा, जीवन मल्ल, हिमाल आले र राष्ट्रिय भलिबल खेलाडी अमृत क्षेत्रीले महोत्सवमा शुभकामना मन्तब्य राख्दै स्वर्गिय रुद्र बहादुर थापा २५ वर्ष सम्म जनप्रतिनिधीको रुपमा रहदां विभिन्न सामाजिक गतिविधीमा पुराएको योगदानको चर्चा गर्नुभएको थियो ।


Image may contain: 1 person

को हुन् त रूद्रबहादुर ?

जिल्ला सदरमुकाम पुतलीबजारदेखी ३ घन्टाको पैदल यात्रा पश्चात पुगीने उत्तर पश्चिममा पर्ने विरुवा अर्चले आजभन्दा ४० वर्ष अगाडी  विकट गाउ थियो । सदरमुकाम संग गोरेटो बाटोले मात्रै जोडेको उक्त ठाउमा व्यापारीक पृष्ठभुमिका दुर्गा बहादुरका छोरा रुद्र बहादुरले राजनितीक यात्रा शुरु गरेसंगै सो ठाऊको मुहार फेरिएको हो ।

पन्चायतको शुरुवात संगै समाजसुधारमा क्रियासील रुद्रबहादुर थापाले प्रधानपन्चमा निर्वाचित भएसंगै विरुवा अर्चले गाउलाई जिल्ला सदरमुकाम पुतलीबजारसंग जोडिएको गोरेटोलाई घोरेटो बाटोमा रुपान्तरण गर्न अहोरात्र खटिए । उनको लगातारको मेहनत र योगदानलाई स्थानिय जनताहरुले भरपुर्ण सहयोग गरेकै कारण गाउमा जमुनेंडाडा स्कुलको शूरुवात पनि भयो । जुन स्कुलको कारण सो गाऊलाई मात्रै नभएर वासपासका बेसरडाडा, ब्वाखा, आर्केकोट, अर्चले, श्रीडाडा, गाबुडाडा, मोचाबारी, झागडी गाउका विद्यार्थिहरुले सहजै शिक्षा पाउने बातवरण बन्न पुग्यो । अहिले सो स्कुल माध्यामिक तहको बनेको छ । रुद्रबहादुरकै लगावमा विरुवाको ५ वटा गाउमा खानेपानिको व्यवस्था समेत हुन पुग्यो । थापाकै अग्रसरतामा विरुवा खहरेमा कृर्षी अनुसन्धान केन्द्र पनि स्थापना भएको छ भने विरुवा हेल्थ पोस्ट स्थापनामा पनि उहाकै योगदान रहेको स्थानिय रित कुमार थापाले जनाउनुभयो ।
 
लगातार २५ वर्ष सम्म प्रधानपन्चको जिम्मेवारी सम्हालेका थापाको २०६८ साल माघ २६ गते निधन भएको हो । थापा पन्चायत कालमा समेत सुधारिएको पञ्चायतको अगुवा थिए । जसको कारण २०३६ सालमा प्रधानपञ्च छँदै तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेवले उनलाई निलम्बन समेत गरेका थिए । बाहिर पन्च भएपनि भित्री रुपमा बहुदल प्राप्तीमा लागेका थापा बहदुल र लोकतन्त्र आएपश्चात वामपन्थी विचारमा आस्था राख्ने गर्दथे । थापाका ३ छोरा र ६ छोरी रहेका छन् । थापाको कान्छा छोरा उमेश थापामगर राजनीतिमा क्रियाशील युवा नेता हुन् । बुबाको बिँडो थाम्दै राजनितीमा होमिएका उमेश २०५३ सालमा स्वतन्त्र विद्यार्थी युनियन भैरहवा बहुमुखी क्याम्पसको निर्वाचनमा अनेरास्ववियुको तर्फबाट उपसभापति निर्वाचित भएका थिए । नेपाल मगर विद्यार्थी संघको केन्द्रिय सचिव समेत भएका उमेश पछिल्लो समय नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय कमिटी सदस्यको रुपमा क्रियाशील् भएर राजनीतिमा होमिएका छन् । खानेपानी, बाटो र शिक्षामा विशेष योगदान दिएका रुद्रबहादुरको कान्छा छोराले बुबाले पुराएको सामाजिक सेवाको कार्यलाइ अनुसरण गर्दै जीवन पर्यन्त लाग्ने समेत जनाएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %