रूद्र श्रीसमगर
पोखरा, चैत्र १९ – ६० औं सहकारी दिवसका अवसरमा पोखरा–१०, रामघाटस्थित लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखराको अति व्यस्त लखनचोकको सरसफाइ सम्पन्न गरेको छ ।
सहकारी दिवसका अवसरमा शनिबार सो सहकारीले नेपालका प्रथम शहीद लखन थापामगरको शालिक रहेको स्थान वरिपरि सरसफाइ गरेको सहकारीका अध्यक्ष पूर्णबहादुर रानामगरले जानकारी दिनुभयो ।
सो सहकारीले विभिन्न अवसरमा सरसफाइ लगायतका विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ । सहकारीले सरसफाइ कार्यक्रम गरी सहकारी दिवस मनाएको हो ।
