लायन्स क्लब सुन्दर नगरी अध्यक्षमा थापामगर

Read Time:3 Minute, 29 Second

रूद्र श्रीसमगर


Image may contain: 1 person, indoor

पोखरा, चैत्र १३ – लायन्स क्लब अफ पोखरा सुन्दर नगरीको लायन वर्ष २०१७/१८ को अध्यक्षतामा शिव थापामगर निर्वाचित हुनुभएको छ । क्लबको शनिबार भएको अधिवेशनले एक वर्षे कार्यकालको लागि थापामगरको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा शोभखर भण्डारी, द्धितिय उपाध्यक्षमा यज्ञराज पौडेल, तृतीय उपाध्यक्षमा पदमबहादुर ढकाल र मेम्बरशीप चियरपर्सनमा रामेश्वर अधिकारी निर्वाचित हुनुभएको छ । त्यसैगरी, सचिवमा धर्मबन्धु सुवेदी, कोषाध्यक्षमा बाबुराम पाण्डे, सह–सचिवमा नेत्रप्रसाद सुवेदी, सह–कोषाध्यक्षमा पोषराज पौडेल, पीआरओ टुकबहादुर थापा, टेमर सुशील लम्साल, टेइल ट्वीस्टर अमृत बराल, रिपोर्टिङ अफिसर शिव गौतम र डाइरेक्टरहरूमा राजु गुरुङ, दीपक पहारी, विनित जोजिजू, भोला शर्मा र चित्र थापा निर्वाचित भएको निर्वाचन अधिकृत तथा क्लबका निवर्तमान अध्यक्ष तोयराज अधिकारीले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष थापामगरले विगतमा क्लबले गर्दै आइरहेका राम्रा कामहरूलाई निरन्तरता दिँदै व्यक्तित्व तथा नेतृत्व विकासमा विशेष जोड दिनुका साथै, अझ उत्कृष्ट एवं प्रभावकारी, रचनात्मक र सिर्जनात्मक गतिविधि, कार्यक्रमहरू गरी क्लबको गरिमालाई अझ उच्च बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Image may contain: one or more people and people standing


कार्यक्रमका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बी १ का रिजन चियर पर्सन एकनारायण शर्माले लायन्स क्लब अफ पोखरा सुन्दर नगरीले सामाजिक क्षेत्रमा उत्कृष्ट कार्यहरू गर्दै आइरहेकाले डिष्ट्रिकको समेत उच्च मूल्याड्कनमा पर्न सफल भएकोमा प्रशंसा गर्दै नयाँ नेतृत्वले पनि आगामी दिनमा अझ राम्रा कामहरू गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा ब्लड डोनेशन डिष्ट्रिक चियर पर्सन मदर क्लब गोल्डेन चौतारीका पूर्व अध्यक्ष किशोर बराल, जोन चियर पर्सन तथा होम क्लबका संस्थापक अध्यक्ष थिरबहादुर थापा, पूर्व अध्यक्ष नेत्र ज्ञवाली र धर्मबन्धु सुवेदीलगायतले बोल्नुभएको थियो ।

दृष्टिविहीन कलाकार केशव सुवेदीको सुमधुर स्वरको प्रस्तुतीले कार्यक्रमलाई थप रोचक बनाएको थियो । कार्यक्रमको सञ्चालन वर्ष २०१६/१७ का सचिव रामेश्वर अधिकारीले गर्नुभएको थियो भने अध्यक्ष महेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %