नेपाल मगर संघ ढुंगेसाँघु एकाइ अध्यक्षमा आलेमगर

Read Time:1 Minute, 53 Second

रूद्र श्रीसमगर

पोखरा, १३ चैत्र – नेपाल मगर संघ ढुंगेसाँघु एकाइ समितिको चौथो अधिवेशनबाट अध्यक्षमा ह. चन्द्रबहादुर आलेमगर सर्वसम्मत चयन हुनुभएको छ ।
शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा संगीता धनपालीमगर, सचिवमा धनमाया आलेमगर, सह–सचिवमा मनिषा आलेमगर, कोषाध्यक्षमा होमसरा सारुमगर र सह–कोषाध्यक्षमा मुना रानामगर रहनुभएको छ । त्यसैगरी, सदस्यहरूमा मीना रानामगर, टिका हितानमगर, हुमबहादुर गरङ्जामगर, देवबहादुर रानामगर, श्रीमाया आलेमगर, सुकमाया थापामगर, कृष्णबहादुर सिंजालीमगर, इन्द्रबहादुर आलेमगर र सरिता थापामगर रहनुभएको छ ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगरहरूले आफूले प्राप्त गरेको अधिकार प्रयोग गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । मगर जातिले आफ्नो पुख्र्यौली भूमिबाट विस्थापित हुनु परेको भन्दै रानामगरले आदिम थातथलो रहेका मगर क्लस्टरलाई प्रादेशिक संरचनामा एकै ठाउँमा ल्याइनुपर्ने बताउनुभयो ।
कार्यक्रममा समाजसेवी पूर्णबहादुर आलेमगर र मुना रानामगरले पनि बोल्नुभएको थियो ।
नेपाल मगर ढुंगेसाँघु एकाइ समितिका अध्यक्ष प्रेमबहादुर आलेमगरको अधयक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रत्नबहादुर आलेमगर र होमसरा सारुमगरले स्वागत गर्नुभएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %