शान्ति र संविधानको सुनिश्चि भए मात्र संविधान सभाको म्याद थप गर्न सकिन्छ :गच्छदार

Read Time:1 Minute, 36 Second

पर्सा (वीरगन्ज), २७ चैत
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदारले शान्ति र संविधानका लागि मुख्य तीन ठूला दलहरु जिम्मेवार नभएको आरोप लगाउनुभएको छ ।

रिपोर्टर्स क्लब पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्दै अध्यक्ष गच्छदारले साना राजनीतिक दलहरु शान्ति र संविधानप्रति गम्भीर भएपनि ठूला दलका कारण थपिएको समय जेठ १४ मा पनि नयाँ संविधान जारी हुने सम्भावना कम रहेको वताए  ।

उहाँले आफूहरु जेठ १४ मा नै नयांँ संविधान जारी हुनुपर्छ भन्ने अडानमा रहेको बताउनुहुँदै यदि म्याद थप्ने हो भने शान्ति र संविधानको ग्यारेन्टी हुनुपर्नेमा जोड दिए।

उहाँले जन्मदैमा अपाङ्ग बनेको वर्तमान सरकारले शान्ति र संविधान जारी गर्नेमा आफूहरु विश्वस्त हुन नसकेको बताउँदै शान्ति र संविधानका लागि सुनिश्चित भएमा मात्रै आफूहरु संविधानसभाको म्याद थप्न तयार रहेको सङ्केत गरे ।

उनले सरकार निर्माणको क्रममा एमाओवादी र एमालेबीच भएको सातबुँदे सहमति खारेज हुनुपर्दछ भने ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %