गलकोट समाज जापानका अध्यक्ष थापालाई पोखरामा स्वागत

Read Time:2 Minute, 58 Second

रूद्र श्रीसमगर

पोखरा, १० चैत्र – गलकोट समाज जापानका अध्यक्ष नरबहादुर थापालाई पोखरामा स्वागत एवं सम्मान गरिएको छ ।
 
Image may contain: 4 people, people sitting  गलकोट समाज पोखराले बिहीबार स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरी अध्यक्ष थापासहित गलकोट समाज जापानका कार्यसमिति सदस्य गुमानसिंह थापालाई पनि सम्मान गरेको हो । थापाद्वयलाई गलकोट समाज पोखराका अध्यक्ष मीनबहादुर खत्रीले खादा र मायाको चिनोद्वारा सम्मान गर्नुभयो ।

सम्मान ग्रहण गर्दै गलकोट समाज जापानका अध्यक्ष थापाले विश्वभरि छरिएर रहेका गलकोटेहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्न गलकोट समाजले महŒवपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो । ‘विभिन्न देशमा गठन भएका गलकोट समाजले गलकोटेहरूलाई एक ठाउँमा ल्याउने भूमिका खेलेको छ’, थापाले भन्नुभयो, ‘अब गलकोट समाजको अन्तर्राष्ट्रिय सञ्जाल बनाउनु आवश्यक छ ।’

बागलुङ जिल्लाको गलकोट क्षेत्रमा विकासको प्रचुर सम्भावना रहेको भन्दै थापाले पूर्वाधार निर्माण भइरहेकाले गलकोटको विकासलाई कसैले रोक्न नसक्ने बताउनुभयो । ‘हामी विदेशमा भएपनि गलकोटको अति नै माया छ, गलकोटकै चिन्ता छ’, थापाले भन्नुभयो, ‘हामीले विदेशमा कमाएको पैसा गलकोटको शिक्षा, स्वास्थ्य एवं पर्यटन विकासका लागि केही मात्रामा भएपनि खर्च गरिरहेका छौं, अझै पनि लगानीका लागि तयार छौं ।’ गलकोटको समग्र विकासका लागि सबै गलकोटेहरू एकजुट भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

गलकोट समाज पोखराका सल्लाहकार रामप्रसाद पाण्डेले समाजले पोखरा लेखनाथ महानगरपालिका क्षेत्रमा बसोबास गर्ने गलकोटेहरूलाई संगठित गर्दै अघि बढेको उल्लेख गर्नुभयो । ‘गलकोटेहरूका समस्या समाधानका लागि हामी संगठित भएका छौं’, सल्लाहकार पाण्डेले भन्नुभयो, ‘गलकोट समाज पोखरालाई संस्थागत गर्न आफ्नै भवन निर्माणका लागि हामी तत्कालै जग्गा खरिद प्रक्रियाका लागि अघि बढ्दै छौं ।’
गलकोट समाज पोखराका अध्यक्ष मीनबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीसले गर्नुभएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %