राष्ट्रिय युवा मोर्चाको पाँचौ महाधिवेशन पाल्पामा हुदै !

Read Time:2 Minute, 58 Second

राम अस्लामी

पाल्पा, चैत्र १० – राष्ट्रिय जनमुक्ति पार्टीको जनसंगठन राष्ट्रिय युवा मोर्चाको पाँचौ राष्ट्रिय महाधिवेशनलाई सम्पन्न गर्नका लागि आज चैत्र १० गतेका दिन व्यवस्थापन सम्बन्धमा बैठक सम्पन्न भयो ।

  राष्ट्रिय जनमुक्ति पार्टी, पाल्पा जिल्ला समितिको व्यवस्थापनमा सो बैठक सम्पन्न भएको हो । मोर्चाको पाँचौ महाधिवेशनको पूर्वसंघारमा पाल्पा जिल्लामा र वरिपरीका जिल्लामा समेत युवा मोर्चाको साँगठनिक र प्रचार अभियान शसक्त रुपमा लैजाने विषयमा आन्तरिक तयारी गर्नका लागि बैठकमा अन्तरकृया तथा प्रशिक्षण कार्यक्रम भयो । सो कार्यक्रममा पार्टी महासचिव केशव सूर्यवंशी, उपमहासचिव टोप अस्लामी, मगराँत ईञ्चार्ज हस्त बहादुर थापा, मूल्याङ्कन तथा अनुगमन समितिका सदस्य सचिव अशोक पुन, संगठन विभाग उपप्रमुख केबी पुन, संघीय परिषद सदस्य गीता सारु र राष्ट्रिय युवा मोर्चाको कार्यवाहक अध्यक्ष ममता बुढाथोकी समेतको उपस्थिति रहेको थियो । महाधिवेशनलाई सफल बनाउनका लागि सबैले गम्भीर रुपमा लाग्न पार्टी नेताहरुले आग्रह गर्नु भएको थियो ।

  सो अन्तरकृया तथा प्रशिक्षण कार्यक्रममा पाल्पाका विभिन्न गा.वि.स.बाट युवा एवं पार्टी कार्यकर्ताहरुको सहभागिता रहेको थियो । यस कार्यक्रमले “युवा मोर्चाको गाउँ पस अभियान—२०७३” पारित गरेको छ । यसका लागि यही चैत्र १२ गतेदेखि सांगठनिक अभियान सञ्चालन गरिने महाधिवेशन मूल तयारी समितिका संयोजक शंकर गाहाले बताउनु भएको छ । कार्यक्रम राष्ट्रिय जनमुक्ति पार्टीका पाल्पा अध्यक्ष नारायण कवँरको अध्यक्षता र राष्ट्रिय युवा मोर्चाका केन्द्रीय सचिव लाल बहादुर गोतामेको सञ्चालनमा सम्पन्न भएको थियो ।

  राष्ट्रिय युवा मोर्चाको पाँचौ राष्ट्रिय महाधिवेशन यही चैत्र २७ र २८ गतेका दिन पाल्पाको तानसेनमा “युवा : देश विकासको मूल आधार” भन्ने मूल नाराका साथ सम्पन्न गरिने महाधिवेशन सचिवालयले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %