हुबि मगर,
काठमाण्डौ, चैत्र १० नेपाल आदिबासी जनजाति महासंघले यो सनिबार १२ गतेका दिन माईतीघर मण्डलामा दिनको १ बजे देखि ३ बजे सम्म आन्दोलनको रुपमा मानब सांग्लो गर्ने भएको छ ।
१२ गतेको मानब सांग्लोका दिन महासंघको ५९ जातिय संगठन बाट बिसौ हजार मान्छे सडकमा ओराल्ने भएकोछ , जस्मा मगरहरु मात्रै ३ जिल्ला बाट करिब तिन हजार आन्दोलनमा भाग लिने जनाईएको छ ।
नेपाल मगर संघको कार्यालयमा नेपाल आदिबासी जनजाति महासंघका पदाधिकारीहरु संग बसेको बैठकमा उक्त निणर्य गरेको हो । काठमाण्डौ उपत्यका भित्र रहेका नेपाल मगर संघका नेता तथा उस्को भातृसस्थाका अध्यक्षहरुको सहभागितामा नेपालको संविधान, २०७२ ले सुनिश्चित नगरेकाले आदिवासी जनजातिको पहिचान र अधिकारहरूलाई समावेश गरी संविधान संशोधन, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको खारेजी प्रक्रिया बन्द हुनुपर्ने, स्थानीय तह पुनर्संरचना आयोग र सरकारले प्रस्तावित गरेको ७४४ स्थानीय तहको संरचनाले आदिवासीहरूको सघनतालाई टुक्राइएको हुँदा अबिलम्ब सुधार गरी पहिचानजनित नामाङ्कन र भूक्षेत्र कायम हुनुपर्ने, स्वायत्त, संरक्षित र विशेष क्षेत्रको सीमानासहित निर्धारण हुनपर्ने, संविधान संशोधन र ऐन, कानून, नीति निर्माण प्रक्रियामा आदिवासी जनजातिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन नं। १६९ र आदिवासीको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र ९सन् २००७०मा आधारित आदिवासी जनजातिहरूको अधिकारहरूलाई समेत संवैधानिक र कानूनी रुपमा सुनिश्चित गरिनुपर्ने लगायतको माग सहित आयोजना गरिएको घोषित आदिवासी जनजाति आन्दोलनलाई आगामी दिनहरूमा थप प्रभावकारी तवरवाट अगाडि बढाउन महासंघले राजधानीमा चैत्र २९ र ३० गते राष्ट्रिय भेलाको आयोजना पनि गर्दै छ ।
महासंघले यस अगाडी फागुन १९ गते माईती घर मण्डलामा कोण सभा,फागुन २६ गते मोटर साईकल र्याली गरी प्रधान मन्त्री प्रचण्ड र सभामुख ओनसरी घर्ती लगाएत ठुला ३ दलको पार्टी कार्यालयमा गएर ज्ञापन पत्र बुझाएका थिए भने चैत्र १ गते सिठी जुलुस शान्तिबाटीका बाट सुरु गरी अशन,ईन्द्रचोक , बिशाल बजार हुदै रत्नपार्क पुगेर कोणसभा गरि सरकारलाई ध्यानाकषर्ण र चेतावनी दिएका थिए ।
नेपाल आदिबासी जनजाति महासंघका तर्फ बाट अध्यक्ष जगत बराम,उपाध्यक्ष गोबिन्द छन्तयाल र महासचिव नित्यानन्द ताजपुरिया थिए । नबिन रोका मगरले अध्यक्षता गरेको कार्यक्रममा महासंघ र नेपाल मगर संघका सस्थापक महासचिब सुरेश आले मगर,जनजाति प्रतिस्ठानका पर्ब सदस्य सचिब तथा नेपाल मगर संघका पुर्ब महासचिब लोक बहादुर थापा मगर,संघका उपाध्यक्ष कमल पिठाकोटे मगर, सचिब रेनुका काउचा, नेपाल मगर महीला संघका अध्यक्ष बिनीता आले मगर,काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला अध्यक्ष क्रमश रधु थापा मगर,कृष्ण राना मगर र छत्र आले मगर , नेपाल मगर भुपु सैनिक तथा प्रहरी संघका अध्यक्ष हुम बहादुर थापा मगर, नेपाल मगर बिध्यार्थी संघका अध्यक्ष कमल थापा मगर, सोबिन आले,केन्द्रिय सदस्य राम जर्धा मगर, शोस आले मगर,झलक थापा मगर,होम राज खपांगी मगर,गगन आले, ठाकुर पुलामी, चन्द्र बहादुर श्रीस मगरले आ -आफ्नो धारणा सहित महासंघलाई सुझाव दिएका थिए ।
कार्यक्रम नेपाल मगर संघका महासचिब ज्ञानेन्द्र पुन मगरले सन्चालन गरेका थिए ।
{facebook}1222320134484179{/facebook}
