गुल्मी (धुर्कोट्), २७ चैत
एकीकृत नेकपा (माओवादी) का प्रवक्ता दीनानाथ शर्माले काँग्रेस र एमालेले एमाओवादी विरुद्ध भ्रम छरेर जनताको संविधान लेख्न नदिने षड्यन्त्रमा लागेको आरोप लगाएकाछन ।
एमाओवादीले आज गुल्मीको शान्तिपुरमा आयोजना गरेको जनसभामा नेता शर्माले यदि जनताको पक्षमा संविधान नलेखिए विद्रोह गर्ने जनताको अधिकार सुरक्षित भएकाले आफूहरूले सभासद्को कोट फुकालेर जनताकै माझमा फर्किएर विद्रोह गर्ने चेतावनी दिए ।