राज्यसत्ता ,
पाल्पा, चैत्र १० – राष्ट्रिय जनमुक्ति पार्टीको जनसंगठन राष्ट्रिय युवा मोर्चाले तानसेनमा विहिवार बृहत प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
यही चैत्र २७ र २८ गते तानसेनमा हुन लागेको मोर्चाको पाचौ राष्ट्रिय महाधिबेशनलाई लक्षित गरी प्रशिक्षणको कार्यक्रम रहेको अधिबेशन तयारी समितिका संयोजक शंकर गाहाले जानकारी दिनुभयो । प्रशिक्षणका लागी पार्टीका केन्द्रिय महासचिब केशव सुर्यबंशी लगाएका केन्द्रित नेताको सहभागीता रहने बताईएको छ ।
युवा देश बिकासको मुल आधार भन्ने नाराका साथ राष्ट्रिय युवा मोर्चाको महाधिबेशन हुन लागेको हो ।
