गोविन्द घर्ती

चैत्र ५ – राजनैतिक दलहरु वीच सहमति गरेर देशको समस्या समाधान गर्नुपर्ने सभासद अव्दुल रज्जाकले बताउनु भएको छ ।
राजनैतिक दलहरु वीच सहमति गरेर संविधान जारी भएकोले संविधान कार्यान्वयनमा समेत राजनैतिक दलहरु एकजुट हुनुको कुनै विकल्प नभएको बताउनु भयो । नेपाली काग्रेस रुपन्देहीका सभापति समेत रहनु भएका सभासद रज्जाकले संविधान कार्यान्वयनको लागि ३ तहको निर्वाचन गर्न आवश्यक रहेको बताउनु भयो । उहाले संविधान कार्यान्वयनले मात्र प्राप्त अधिकार संस्थागत हुने भएकोले लोकतन्त्रलाई संस्थागत गर्न संविधान कार्यान्यवन आवश्यक भएकोमा जोड दिनु भयो ।
देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको दोश्रो बार्षिक साधारणसभामा बोल्दै उहाले उक्त कुरामा जोड दिनु भएको हो । सांसद रज्जाकले सवच्छ, सफा र आर्शनिकयुक्त पानीको लागि राज्य लागिरहेको बताउनु हुदै देवदहको पहिचानको लागि आफु लागिरहेको बताउनु भयो ।
देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष नमराज पुरीको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी डिभिजन कार्यालय रुपन्देहीका देवीप्रसाद पाठक, देवदह नगरपालिकाका विनोद ज्ञवाली, देवदह आदर्श बहुमुखी क्याम्पसका जीवलाल पराजुली, नेपाली काग्रेसका गुणाखर भुर्तेल, नेकपा एमालेका सिद्धिचरण भट्टराई, केरवानी माविका दुर्गादत्त शर्मा, देवदह व्यापार संघका कोषबहादुर गुरुङ्ग, देवदह अपाङ्ग समाजका वालकुमार श्रेष्ठ, कानुनी सल्लाहकार लिलाधर मरासिनी, राप्रपाका ऋषिराम रेग्मी, प्रेस चौतारीका यम राना, जिल्ला सहकारी संघका प्रकाश अर्याल, केरवानी खानेपानीका प्रजापति सापकोटा, रेडियो देवदहका रमेश पोखरेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष नमराज पुरीले बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष गुमान सिंह कुवरले आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य मेघनाथ पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा पुर्व समितिका पदाधिकारी, सदस्यहरुलाई सम्मान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष मिना रिमालको स्वागत र सचिव झगरीलाल शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
