रूद्र श्रीसमगर
पोखरा, चैत्र ५ – नेकपा (माओवादी केन्द्र) कास्कीले आफ्नो संगठन विस्तार अभियानलाई जारी राखेको छ ।
जस अन्तर्गत शनिबार मादी गाउँपालिकाका दुई वटा वडा सम्मेलन सम्पन्न भएका छन् । मादी गाउँपालिकाका वडा नं. ६ र ७ को सम्मेलन सम्पन्न भएको हो ।
वडा नं. ७ मा शेरबहादुर गुरुङको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी निर्माण गरिएको छ । जसको उपाध्यक्षमा झलक सापकोटा र लीलाकुमारी तामाङ, सचिवमा विकास गुरुङ, सह–सचिवमा बेलबहादुर विक र कोषाध्यक्षमा थमकुमारी गुरुङ रहनुभएको छ ।
सदस्यहरूमा भूपति आचार्य, चेतबहादुर गुरुङ, डम्बर भुजेल, निशान गुरुङ, पदममाया कोइराला गुरुङ, तुलबहादुर तामाङ, रामजंग गुरुङ, टेकबहादुर गुरुङलगायत रहनुभएको छ ।
त्यस्तै, वडा नं. ६ मा डण्डीराज बराल इञ्चार्ज र भीमबहादुर थापाको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी निर्माण भएको छ । अन्य पदाधिकारीहरूमा दुर्गा विक, राजु विक, रेशम गुरुङ, मंगल विक, सीता बराल, जीतबहादुर रानालगायत रहनुभएको छ ।
सो अवसरमा सम्मेलनका प्रमुख अतिथि एवं पार्टीका पोलिटब्यूरो सदस्य तथा कास्की जिल्ला सह–इञ्चार्ज रामजी बराल ‘जीवन’, क्षेत्र नं. १ का इञ्चार्ज लालमोहन तिवारी ‘सागर’, केन्द्रीय सदस्य निर्मला सुवेदी ‘क्रान्ति’, केन्द्रीय सदस्य लालबहादुर गुरुङ, केन्द्रीय सदस्य एवं वाइसिएल जिल्ला सचिव तोरण गुरुङलगायतले बोल्नुभएको थियो ।
