विश्व जनमुक्ति सम्मेलन पार्टी जीवनका लागि कोशेढुङ्गा सावित हुने

Read Time:4 Minute, 18 Second

रवि बुढा


Image may contain: one or more people and people sitting

काठमाडौं — राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव एवं संघीय सञ्चार विभाग प्रमुख टोप अस्लामीले पार्टीले यही फागुन २३ गते देखि काठमाडौंमा आयोजना गरेको विश्व जनमुक्ति सम्मेलन पार्टी जीवनका लागि कोशे ढुङ्गा सावित हुने बताउनु भएको छ । उहाँले नेपाल जस्तै बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक वा बहुराष्ट्रिय चरित्र भएका देशहरुले जनमुक्ति विचारधाराले वकालत गर्ने राजनीतिक पद्दति लागु गर्न बुद्धिमानी हुने बताउनु भएको छ । रिपोटर्स क्लब काठमाडौंमा आज फागुन २१ गते पार्टीको संघीय सञ्चार विभागद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टी उपमहासचिव अस्लामीले उक्त कुरा व्यक्त गर्नु भएको हो । उहाँले विश्व जनमुक्ति सम्मेलन सम्पन्न गर्नका लागि पार्टीले सम्पूर्ण तयारी पूरा गरेको पत्रकार सम्मेलनमा बताउनु भएको छ ।

पार्टीको रजत वर्ष यसै साल पुरा भएको र २५ वर्षमा पार्टी विचारधाराको सफलता र विश्वसनीयताको परिणाम स्वरुप नेपाल बाहिर रहेका प्रवासी नेपालीहरु समेत आज जनमुक्ति मञ्चको नाममा विदेशमा कृयाशिल र संगठित भएको सञ्चार विभाग प्रमुख अस्लामीले बताउनु भएको छ । पार्टी सञ्चार विभाग प्रमुख टोप अस्लामीद्वारा हस्ताक्षर गरिएको वितरित प्रेष विज्ञप्तिमा भनिएको छ — यस सम्मेलनले नेपाल मात्र नभई अब विश्वमा परस्पर एकता, शान्ति र सम्बृद्धिका लागि ‘जनमुक्ति विचारधारा’लाई फैलाउने विषयमा कार्यनीति लिनेछ साथै विश्वभर फैलिएका नेपालीहरुका हक हितका लागि जनमुक्ति मञ्चलाई के कसरी अगाडि बढाउने भनी कार्यदिशा पनि तय गरिनेछ ।

विश्व जनमुक्ति सम्मेलनमा भारतदेखि बेलायत सम्मका करीब २० देशमा संगठित जनमुक्ति मञ्चका प्रतिनिधि र नेपालका पार्टी प्रतिनिधिहरुबीचको सहभागिता रहने बताईएको छ । विश्वका सयौं देशमा पुगेका नेपाली नागरिकहरुको बारेमा चासो लिन र राज्यले चिन्त गर्न पार्टीले माग गरेको छ ।


No automatic alt text available.

पत्रकार सम्मेलनलाई पार्टी सचिव बलदीप राईले स्वागत गर्नु भएको थियो भने केन्द्रीय सचिवालय सचिवालय ईन्चार्ज पदम जवेगुले सञ्चालन गर्नु भएको थियो । पार्टी उपमहासचिव इन्द्रकला थापा (तारा), संघीय परिषद सदस्य एवं संगठन विभाग उपप्रमुख केबी पुन, राष्ट्रिय दलित मोर्चाका महासचिव एल.बी.गोतामे, वैकल्पिक केन्द्रीय सदस्य ईश्वर रानाको समेत सो कार्यक्रममा उपस्थिति रहेको थियो ।

यसैबीच विश्व जनमुक्ति सम्मेलनका लागि तोकिएका जिम्मेवारी सम्बन्धमा रिपोर्टिङ्ग बुझ्न आजै बेलुका केन्द्रीय कार्यालय धोबीघाट, ललितपुरमा पार्टी पदाधिकारी बैठक बसेको छ । बैठकमा उपत्यका उपलब्ध संघीय परिषद सदस्यहरु र विश्व जनमुक्ति मञ्चका यूरो ईन्चार्ज थर्क रानाको समेत सहभागिता रहेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

लेखक: राष्ट्रिय जनमुक्ति पार्टीका कार्यालय सचिव हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %