संजय सिंजाली मगर

काठमाण्डौं, चैत्र ३ – पहिचान र अधिकार सहितको संघीयता आदिबासीको अडान, अपुरो र अधुरो संविधानका लागि हाम्रो साझा अभियान भन्ने मूल नाराको साथ नेपाल आदिवासी जनजाति महासंघले सिट्ठी जुलुस निकालेको हो ।
कार्यक्रम प्रारम्भ शान्ति बाटीका, असान चोक हुदैं ईन्द्र चोक पुगि कोणसभामा परिणत भएको थियो । नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष जगत बराम, उपाध्यक्ष तथा नेपाल मगर संघका अध्यक्ष नबिन रोका मगर, आदिबासी जनजाति महासंघका यूवा अध्यक्ष तथा नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन मगर र संघीय समाजबादी फोरमका नेता तथा महासंघका पूर्व महासचिव आङ्काजी शेर्पाले कोणसभालाई संम्बोधन गरेका थिए ।
सो कार्यक्रममा सम्बोधन गर्ने क्रममा संघीय समाजबादी फोरमका नेता आङ्काजी शेर्पाले सबै जातिको हक अधिकार र प्रदेश सुनिश्चता हुनु पर्ने, आदिबासी जनजाति प्रतिष्ठान खारेज गर्ने नपाईने, राउटे कुसुडा थारु थामी उनिहरुको अधिकारको लागि संबिधानमा स्पष्ट राखेको छ, यी सबै तहको राज्य संरचनामा उनिहरुको आरक्षणको लागि बिशेष स्वायत्त क्षेत्र समाजिक क्षेत्र ईलाकाहरु नया हुने छन् भनेर संविधानले किटानी गरेको कुरालाई आत्मासात नगरीकन अहिले नगरपलिका र गाउंपालिका यथावत राखेर नया संरचना लाई कुनै हालतमा सुईकार्न सक्दैनौ भन्दै आफ्नो कुरा प्रस्टाए ।
त्यस्तै नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष जगत बरामले भने हामी पटक पटक राज्यको लागि लड्यौ, पटक पटक हामी माथि प्रयोग गरियो, १० बर्षे जनयुद्ध मा होमियौ, हामी धेरै पटक अरुको लागि लड्यौ, त्यसैले अब हामी आफ्नोका लागि लड्नु पर्छ भन्दै सहभागि भएका साथीहरु लाई धन्यबाद दिदैं चैत्र १२ गते टुडिखेल घेराउ गर्ने जनाउ दिनु भएको थियो ।
