गोबिन्द घर्ती
चैत्र २ । माध्यमिक शिक्षा परिक्षा–२०७३ देशभर आजबाट शुरु भएको छ । संशोधित शिक्षा ऐन अनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा शुरु भएको हो । यसैगरी रुपन्देहीको देवदहमा समेत माध्यमिक शिक्षा परिक्षा शुरु भएको छ । केरवानी माधयमिक विद्यालय, महामाया भवानी माध्यमिक विद्यालय र देवदह माध्यमिक विद्यालय गरी देवदह क्षेत्रमा ३ वटा परिक्षा केन्द्र रहेको छ ।
केरवानी माध्यमिक विद्यालय केन्द्रमा सगरमाथा आवासीय माविको ६८ जना, सेभेन स्टार बोडिङ्ग स्कुलको ६४ जना, ग्रिनप्लान्ट आवासी माविको ५६ जना, देवदह बुद्धपव्लिकको ५६ जना, देवदह ईङलिस बोडिङ्गको ५० जना, न्यू नमुना बोडिङ्ग स्कुलको ३५ जना, देवदह मदरटङ्ग एकेडेमीको २७ जना, एशियन लाईटको २२ जना, मदरल्याण एकेडेमीको २१ ज्ना र सरस्वती बोडिङ्ग स्कुलको १५ जना गरी ४१७ जना विद्यार्थी रहेको केन्द्राध्यक्ष दुर्गादत्त शर्माले जानकारी दिए । त्यसैगरी महामाया भवानी माध्यमिक विद्यालय केन्द्रमा भविष्य निर्माण माविको ५२ जना, देवदह माविको ७५ जना, सरस्वती माविको ६३ जना, ज्ञानज्योति माविको ३३ जना गरी २२३ जनामा विद्यार्थी रहेको केन्द्राध्यक्ष दिनानाथ अर्यालले बताए । परिक्षामा देवदह माविको १ जना र सरस्वती माविको १ गरी २ जना अनुपस्थित रहेको अर्यालले बताए ।
त्यसैगरी देवदह माध्यमिक विद्यालय केन्द्रमा जनता माविको ३८ जना, महामाया भवानी माविको ७५ जना, केरवानी माविको १४५ जना, युगज्योति माविको ८३ जना गरी ३८१ जना विद्यार्थी रहेको केन्द्राध्यक्ष लिलाधर पाण्डेले बताए । यो बर्षको देशभरबाट माध्यमिक शिक्षा परिक्षामा ५ लाख ३८ हजार ८२ जनाले परिक्षा दिईरहेको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले जानकारी दिए ।
