गोविन्द घर्ती
देवदह, फागुन १्र६ – संविधान कार्यान्यवनको लागि सम्पूर्ण राजनैतिक दलहरु जिम्मेवार भएर लाग्नु पर्ने सांसद अव्दुल रज्जाकले बताउनु भएको छ ।
उहाले संविधान कार्यान्वयनको लागि तोकिएको समयमा तिनवटै तहको निर्वाचन गर्न अपरिहार्य रहेकोमा जोड दिनु भयो । नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाको ११ औं बार्षिक सभामा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । उहाले रेडक्रस सोसाईटी मानवीय कार्यक्रममा लाग्नु पर्ने बताउदै रेडक्रस सोसाईटी देवदह शाखाले गर्ने हरेक क्रियाकलापमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सोही अवसरमा बोल्दै नेपाल रेडक्रस जिल्ला शाखा रुपन्देहीका सभापति दिपक क्षेत्रीले विभिन्न संघ संस्थाले संचालन गर्ने एम्वुलेन्स दुरुपयोग भईरहेको बताउदै एम्वुलेन्स मानविय कार्यमा लगाउनु पर्नेमा जोड दिनु भयो । उहाले मानविय कार्यको लागि ल्याईएको एम्वुलेन्स नीजि काममा प्रयोग गर्न नहुनेमा जोड दिनु भयो । उहाले रेडक्रस सोसाईटी नितान्त मानविय कार्यमा लाग्ने संस्था भएकोले सवै रेडक्रस सोसाईटी संग आवद्ध भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।
नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाका सभापति गोपाल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा रक्तसञ्चार केन्द्र बुटवलका संयोजक मित्रलाल न्यौपाने, शाखाका सल्लाहकार नमराज पुरी, नेपाली काग्रेसका गुणखर भुर्तेल, नेकपा एमालेका पदम थापा, माओवादी केन्द्रका मेघनाथ पौडेल, क्रान्तिकारी माओवादीका ऋषिराम लामिछाने, प्रगति सामुदायिक वनका चमकान्त गौडेल, तुल्सीराम शर्मा, कमला न्यौपाने लगायतले मानविय कार्यको लागि सवै एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शाखाका सभापति गोपाल ढकालले शाखाले विपद्मा परेकाको उद्दार, विभिन्न गोष्ठी, सेमिनार, रक्तदान जस्ता कार्यक्रमहरु संचालन गर्दै आईरहेको बताउनु भयो । त्यसैगरी शाखाले पुरानो एम्वुलेन्सलाई विस्तावित गर्दै नया एम्वुलेन्स ल्याउने तयारी गरीरहेको जानकारी गराउदै सांसद कोषबाट १० लाख सहयोग रहेको बताउनु भयो । कार्यक्रममा शाखाका सचिव जयकिशन अधिकारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष तारानाथ खरेलले करिव १७ लाख बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
उपसभापति कृष्णप्रसाद न्यौपानेको स्वागत र सचिव जयकिशन अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सोही अवसरमा शाखाले रक्तदान समेत सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र भैरहवाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेको शाखाले जनाएको छ ।
