गोविन्द घर्ती

देवदह, फागुन १३ – नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीले स्वागत तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
३५ औं एकता दिवसको अवसरमा राष्ट्रिय विमा संस्थानका बोर्ड सदस्य तथा सहायक प्रशासक सुरेन्द्र अस्लामीलाई बुटवलमा आयोजित एक कार्यक्रममा सम्मान गरेको हो । संघका जिल्ला अध्यक्ष गीता सारुको अध्यक्षता र नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष दलबहादुर विरकट्टाको प्रमख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा बोल्ने वक्ताहरुले दक्ष जनशक्ति उत्पादन गर्न संघले विशेष भूमिका खेल्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले कमीकमजोरी पहिचान गरी त्यसको समस्याको समाधान गरी अगाडि बढ्नु पर्ने बताउदै मगरहरु अबका दिनमा व्यवसायी बन्न आवश्यक रहेको जोड दिएका थिए । उनीहरुले मगरका वालवच्चाहरु ऋहिले लागु औषध सेवनको कुलतमा लाग्ने गरेको भन्दै लागु औषध जस्तो कुलतबाट बचाउन सबै लाग्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले राजनीतिक बिना मगरहरुको अधिकार स्थापित नहुने भन्दै निषेधको राजनीतिलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष दलबहादुर विरकट्टा, राष्ट्रिय बिमा संस्थानका सहायक प्रशासक सुरेन्द्र अस्लामी, सिद्धार्थ यातायात व्यवसायी संघका अध्यक्ष सूर्यकुमार सारु, नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष गोपाल चाौहान लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
संघका उपाध्यक्ष आनबहादुर सोतीको स्वागत र सचिव कमल थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
