माया घले मगर
ईजरायल, फेब्ररी २० – बिश्व एड्स दिवस प्रत्येक बर्षको डिसेम्बर १ तारिखको दिन बिश्वभर लगायत नेपालमा पनि एड्सप्रति समाजमा रहेको नकारात्मक धारणालाई हटाउन बिभिन्न र्याली, चेतना मुलक कार्यक्रमको आयोजना गरि एड्स दिबस मनाउने गरिन्छ, नेपालमा एचआइभी संक्रमित पहिचान भएको संख्या १७ हजार भन्दाबढी पुगेको छ, एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले तथ्यांक सार्बजनिक गरेको छ |
नेपालमा एड्सको लक्षण अनुमानित संख्या ५६ हजार भन्दा बढी पुगेको छ, यो क्रम प्रत्येक दिन करिब ६ जना नयाँ एड्स रोगीको डरले बढेको बताएको छ | ती मध्य १ जना नवजात शिशु संक्रमित हुने गरेको छ, बिश्वमा २०१० सम्ममा १,२६,००० एक लाख छब्बीस हजार भन्दा बढी मानिसहरुलाई एच आइ भी एड्स बाट संक्रमित भएको र करिब १८ लाख बढी मानिसहरुको एड्स कै कारणले बिश्वमा मृत्यु भइसकेको एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले तथ्यांक सार्बजनिक गरेको छ | रोग लुकाउने बानी छ हेल्थपोस्टमा गएर रगत जाच नगर्नाले पनि परिवार नै एड्स संक्रमित भएर अकाल मै मृत्यु हुने गरिन्छ आयु लम्याउने औषधि एआरटी खानेको संख्या धेरै छ तर स्वस्थ्य मानिस झैँ स्वास्थ्य रहन भने सकिदैन यसको निर्मुल गर्ने औषधि भने अझ सम्म बैज्ञानिकहरुले पत्ता लगाउन सकेको छैन |
के हो त एच आइ भी एड्स यसको परिचय :
सन् १९८१ मा साउथ अफ्रिकाबाट बादरबाट सरुवा भएर मानबहरुमा लक्षण देखियो एच आइ भी एड्स यो प्राणघातक रोग हो
एड्स को कारणले विश्वमा अकाल मै मृत्यु हुनेको संख्या दिनानु दिन वृद्धि भइरहेको छ |
के हो त एच आइ भी भनेको :
(HIV) human immunodeficiency virus
एच आइ भी शुरुवातको अवस्थामा लक्षण देखा पर्न अवस्था हो |
के हो त एड्स भनेको :
(AIDS)acquired immune deficiency syndrome
पुरा एड्स भइसकेको अवस्था हो |
एड्स रोग लागेर चिन्तित हुनु भन्दा रोग लाग्नु भन्दा अगाडी नै हामीले यो कसरी सर्छ कसरि सर्दैन भन्ने चेतना भयो भने एड्स रोग नेपालमा निर्मूल गर्न सकिन्छ सबैभन्दा पहिला चेतना र शिक्षाको अभाबले नै नेपालमा दिनानु दिन एड्स रोगीको संख्या फैलीदै गइरहेको छ, विशेष गरेर यो एड्स रोग भारतमा मजदुर गर्न जाने पुरुषहरुबाट रोग बोकेर आउने गरिएको पाइन्छ, बिश्वका सबैभन्दा जोखिमपूर्ण संख्यामा रहेको साउथ अफ्रीका र भारतमा पहिलो नम्बरमा एड्स रोगीहरु रहेको बिश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सार्बजनिक भएको थियो |
कसरी सर्छ एच आइ भी एड्स जानी राखौ :
( १ ) एड्स रोग भएको व्यक्तिको रगत स्वस्थ व्यक्तिले लिदा एड्स सर्छ |
( २ ) एड्स रोग भएको गर्भवती महिलाले जन्माएको नवजात शुशु लाई एड्स सर्छ |
( ३ ) एड्स रोग भएको व्यक्तिले प्रयोग गरेको सुइ,सिरिन्ज,दाह्री खौरिने औजार,लाइ स्वस्थ
व्यक्तिले प्रयोग गर्दा एड्स सर्छ |
( ४ ) धेरै जना संग असुरक्षित तरिकाले यौन सम्पर्क गर्दा एड्स सर्छ |
एड्स रोगबाट बच्ने तरिकाहरु :
( १ ) स्वस्थ व्यक्तिले अर्को व्यक्तिबाट रगत लिनुपर्दा रगत नेगेटिभ वा पोजेटिभ छ त्यो जाच गरेर
मात्रै लिनु पर्छ नत्र हामीले पढ्दै आइरहेको छौ समाचारहरु अस्पतालको लापर्बाहीले यति
जना लाइ एड्स रोग सर्यो ?
( २ ) यदि महिला एड्स रोगी छ भने बच्चा जन्माउनु हुदैन
( ३ ) हामीले प्रयोग गरिने सुइ,सिरिन्ज,दाह्री खौरिने औजार,यस्ता चिजहरु नयाँ मात्रै प्रयोग गर्नु
पर्दछ यदि पुरानो भए त्यसलाई २० मिनेट उमालेर निर्मुलीकरण गरेर मात्रै प्रयोग गर्नु पर्दछ र
यदि अस्पतालमा प्रयोग गर्नु परेमा नया होकी होइन भनेर सोधेर मात्रै प्रयोग गर्नु पर्दछ
( ४ ) धेरै जनासंग असुरक्षित तरिकाले यौन सम्पर्क गर्नु हुदैन यदि गरेमा पनि पुरुषको लागि बच्ने
उपाय भनेको मात्रै कण्डम हो |
एड्स रोग कसरि सर्दैन :
( १ ) हात मिलाउदा एड्स रोग सर्दैन
( २ ) हाछ्यु गर्दा एड्स रोग सर्दैन
( ३ ) जुठो खादा एड्स रोग सर्दैन
( ४ ) संगै बस्दा एड्स रोग सर्दैन
( ५ ) श्वास बाट एड्स रोग सर्दैन एड्स रोगी लाई गाउ/घरमा गरिने तिरसकार दुर-दुर् भने चेतनाको
कमीले हुन
एड्स रोग लागेपछि देखिने लक्षणहरु निम्न छन् :
( १ ) ज्वरो आइरहने
( २ ) घाउ खटिरा आइरहने
( ३ ) जुन सुकै रोग लागे पनि औषधी खादा निको नहुने जस्तै : ज्वरो आइरहने ज्वरो को औषधि
खादा निकै नहुने यस्ता हुन लक्षणहरु,
पाठक बृन्द यो हामी मानब जातीले जान्नै पर्ने महत्वपूर्ण स्वास्थ्य सम्बन्धि ज्ञान हुन यसलाई तपाईहरुले अश्लिल शब्द नसोची दिन हुनको लागि पनि म हार्दिक अनुरोध गर्दछु, तपाई हामीमा जब स्वास्थ्यको समस्या हुन्छ हाम्रो नेपाली समाजमा स्वास्थ्य सम्बन्धि खुलेर कुरा गर्नु नसक्नु, लाज मान्नु, रोगहरु लुकाउनुको मुख्य कारणले पनि हामी अकाल मै मृत्यु हुने गरिरहेको छौ ‘हाम्रो स्वास्थ्य नै ठुलो धन हो’ तपाई हामीसंग करोड सम्पति छ तर आफ्नो स्वास्थ्य रोगी छ भने त्यो करोड सम्पतिको कुनै भ्यालु हुदैन ? स्वास्थ्य सम्बन्धी चेतना जोगाउन तपाई हामी सबैको कर्तब्य हो | ज्ञान बाडनु ठुलो धर्म हुन सानो ज्ञान शेअर गरेर अरु कसैको जिन्दगि बच्छ भने त्यो नै अमुल्य ठुलो धर्म हुन |
नेपालमा फैलिएको मल्लेरिया, क्यान्सर, भिटामिन “ए’ पोलियो रोग, एड्स रोग जस्तो बिभिन्न स्वास्थ्य सम्बन्धि नियन्त्रण गर्न बिदेशी दोनोर्सहरु बाट करोड डलर सहयोग आइरहेको हुन्छ तर त्यो डलर भने केन्द्रमा रोकिन्छ अलिकति जिल्ला सम्म पुग्छ बिकट गाउ, बस्तिहरुमा चेतना, शिक्षा, केहि पुग्न सक्दैन |
(लेखक : नेपाल रेड क्रस सोसाईटी रिवार्ड प्रोजेक्टमा परिवार नियोजन तथा एच आइ भी एड्स रोग नियन्त्रण सम्बन्धि काम गरेको अनुभबमा)