देव पचभैया

पाल्पा, फागुन ६ – ठिमुरे पाल्पामा आधारभुत पत्रकारीता तथा स्टेज उद्घोषण तालिम शुरु भएको छ ।
आदिवासी जनजाति उत्थान गाउ समन्वय समिति ठिमुरेको आयोजनामा बिहिवार देखि शुरु भएको तालिममा गाविसका नौ वटै वडाका ७५ बढीको सहभागीता रहेको तालिम आयोजक समन्वय समितिका अध्यक्ष लोक बहादुर बगालेले जानकारी दिनुभयो ।

शनिवार सम्म चल्ने तालिममा कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्याल र श्रीनगर एफ, एमका स्टेशन म्यानेजर देव पचभैयाले सहजीकरण गर्नुभएको समन्वय समितिका पुर्व अध्यक्ष नर बहादुर बुचाले बताउनुभएको छ । ठिमुरे गाविस भवनमा भएको तालिमको नेपाली काग्रेस पाल्पाका विर बहादुर रानाले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा ठिमुर गाविसका सचिब खेम बहादुर सारु, समन्वय समितिका पुर्व अध्यक्ष नर बहादुर बुचा लगाएतले बोल्नु भएको थियो । समितिका अध्यक्ष लोक बहादुर बगालेको सभापतित्वमा भएको कार्यक्रममा वडा नागरिक मंचका जगत राना, कल्पना गाहा, आदिवासी जनजाति गाउ समन्वयम समितिका सचिब कृष्ण उचै, कोषाध्यक्ष गुन बहादुर बगाले, राष्टिय जनमोर्चाकी गाउ अध्यक्ष गनु बगाले लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रममा पाहुनाहरुको स्वागत जुद्ध बहादुर पचभैयाले गर्नुभएको थियो भने संचालन सामाजिक परिचालक तेज कुमारी बगालेले गर्नुभएको थियो ।

