पूर्ण बजेट २० वैशाखमा : अर्थमन्त्री अधिकारी

Read Time:1 Minute, 45 Second

विराटनगर, २३ चैत
अर्थमन्त्री भरतमोहन अधिकारीले बजेटलाई न्यायिकरुपमा वितरण गर्न आगामी आर्थिक वर्षका लागि पूर्ण बजेट वैशाख २० गते ल्याउने तयारीमा सरकार जुटेको बताएकाछन ।

उनले आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै विगतमा असार महिनामा आउने बजेटले विकास निर्माणलगायत देशको आर्थिक विकासमा बाधा हुने गरेकाले वैशाखमा बजेट ल्याउन लागेको स्पष्ट पारे ।

बजेटसम्बन्धी अन्यौलता हटाउन बजेटको संवैधानिक व्यवस्था गर्न आफू लागिपरेको र सरकारसँग समेत माग गरेको बताउँदै अर्थमन्त्री अधिकारीले वैशाखमा बजेट आएमा विगतमा बजेटमा हुने कमीकमजोरी हट्नेछ भने  ।

अर्थमन्त्री अधिकारीको शान्तिप्रक्रिया तथा संविधान लेखन सरकारको प्रमुख प्राथमिकता रहेजस्तै देशको विकास र सञ्चालनका लागि बजेट पनि त्यतिकै महत्वपूर्ण भएको तर्क थियो ।

देशको उत्पादन तथा उत्पादकत्व बढाउन न्यायिकरुपमा बजेट वितरण गर्न सरकार लागिपरेको र त्यसलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले देश विकासको प्रत्येक क्षेत्रमा सरकारी तथा निजी क्षेत्र हातेमालो गरी सँगसँगै बढ्ने विश्वास व्यक्त गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %