नेपाल मगर संघ धादिङ्ग काठमाण्डौं सम्पर्क समितिको भेटघाट कार्यक्रम सम्पन्न

Read Time:4 Minute, 1 Second

संजय सिंजाली मगर


Image may contain: 16 people, tree, child and outdoor

काठमाण्डौ, पुस २ – धदिङ्ग काठमाण्डौं संम्पर्क समितिको बनभोज तथा परिचयात्मक कार्यक्रम भव्य रुपमा संम्पन्न भएको छ ।

 

उक्त कार्यक्रममा सभापतिको आसन ग्रहण संघका अध्यक्ष कृष्ण आले मगरले गरेका थिए भने त्यस्तै प्रमुख अतिथिमा नेपाल मगर संघका केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगर आसन गरेका हुन् ।

 

त्यस्तै गरी अतिथिहरुमा ने.म.स समन्वय समितिका केन्द्रिय सदस्य राजेन्द्र थापा मगर, जिवन थापा मगर, एक थापा मगर, ने.म.स कर्मचारी तदर्थ समितिका सदस्य हरि पाटा मगर, ने.म.स सम्पर्क समिति सिन्धुपाल्चोक केन्द्रि अध्यक्ष दिपक थापा मगर, नेपाल मगर बिधार्थी संघका अध्यक्ष कमल थापा मगर, सदस्यमा सुमित्रा थापा मगर, भोज ब. थापा मगर, नेपाल मगर संघ धनुषा काठमाण्डौं सम्पर्क समितिका अध्यक्ष लेख ब. रेग्मी मगर, ने.म.स सिन्धुपाल्चोक काठमाण्डौं सम्पर्क समितिका अध्यक्ष कोपिला थापा मगर, मिलीजुली समाजका अध्यक्ष सिताराम थापा मगर, ने.म.स धादिङ्गका तदर्थ अध्यक्ष सुरेन्द्र थापा मगर, मिस धादिङ्ग बिजेता प्रकृति राना मगर त्यस्तै पत्रकारको तर्फबाट र्झोले साप्ताहिकका दिनेश थापा मगर र राज्यसत्ता डटकम बाट संजय सिंजाली मगर रहेका हुन्  । 

 

प्रमुख अतिथि बाट लखन थापा मगरको फोटो मा पानस बत्ति बालि खादा ओडाई सम्मान गरेको थिए । त्यस पश्चात एक मिनेट मौन धारण गरि कार्यक्रम आरम्भ गिरिएको थियो ।

 

सो कार्यक्रममा बिभिन्न संघ संस्थाका कार्यकारीहरु आ आफ्नो मन्तव्य राख्ने क्रममा, ने.म.सघका महासचिव ज्ञेनेन्द्र पुनले आफ्नो भनाई राखेका थिए, हामी मगर जातिय हिसाबले धेरै ठुलो जनसंख्यामा रहेका छौं, हामीले परम्परा रितिरिवाज लाई कहिलै बिर्सनु हुदैन, हामी मगर जातिहरु परमपूर्व काल देखिनै उतपिडित छौं र आज २१औं शताब्दि सम्म आईसक्दा पनि शासक बाट शोषित भैरहेका अवस्थामा राजनेतिक, शैक्षिक र आर्थिकमा पनि धेरै पछाडि परेका छौ भन्दै मन्तव्य टुग्याएका थिए । त्यस्तै ने.म.स सिन्धुपाल्चोक अध्यक्ष कोपिला थापा मगरले आफ्नो भनाई राख्ने क्रममा हामी मगरहरु धेरै पछाडि छौ जस कारण हामी कहिलै अगाडि पुग्न सकिरहेका छैनौं । हामी पछाडि पर्नुको कारण हरेक काममा लजाउने, हिचकिचाउने, डराउने ईत्यादि हुन् भन्नु भयो ।

 

अन्त्यमा यस कार्यक्रम लाई रोचक बनाउन बिभिन्न स्थिानीय कलाकारहरु को बिजोड संगितमय प्रस्तुत रहेको थियो । कलाकारहरु ले आफ्नो कला र गलाको उत्कृष्ट प्रस्तुत देखाए भने, उपस्थित सबै नाचगान गर्दै भरपुर मनोरञ्जन लिएका थिए ।

 

यस कार्यक्रम मूल आयोजक समितिको अध्यक्षतामा भएको थियो भने स्वागत र सञ्चालन महेश मगर ले गरेका हुन् ।

{facebook}1189483667767826{/facebook}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %