देव पचभैया मगर
पाल्पा, फागुन २ – प्रथम सहिद लखन थापा मगरको १४० औ लखन स्मृति दिवसको अवसरमा आज बिभिन्न कार्यक्रमको आयोजना हुदैछ । नेपाल मगर संघ र संघका भातृसस्थाहरुले देशै भरी बिभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागेको जनाएका छन् ।
नेपालको प्रथम शहिद लखन थापा मगरको संझनामा तानसेनको लखन पार्कमा पनि आज बिभिन्न कार्यक्रमको आयोजना गरिएको नेपाल मगर संघ पाल्पाका अध्यक्ष वल बहादुर गाहाले जानकारी दिनुभयो । दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा
मगर संघका सबै भातृसस्थाहरु, मगर भेजा र गुठी एबं सम्पुर्ण जिल्लावासीलाई निम्तो दिइएको अध्यक्ष गाहाले जानकारी दिनुभयो ।
साथै मगर संघ पाल्पाको बैठकले यही फागुन १५ गते हुने मगर दिबशलाई भब्य रुपमा मनाउने निर्णय गरेको संघका जिल्ला सचिब यस कुमार गरम्जाले जानकारी दिनुभयो ।
