माओवादी केन्द्र पाल्पाले मनायो जनयुद्ध दिवस

Read Time:1 Minute, 42 Second

 

देव पचभैया मगर

 

पाल्पा, फागुन २ – नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य वसन्त शर्मा (कुशल)ले दश वर्षे जनयुद्धले देशमा आमुल परिर्वतन ल्याएको बताउनुभएको छ  । २२ औं जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र पाल्पाले आईतवार आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा उहाँले जनयुद्धका कारण देशमा संविधानसभा मार्फत संविधान, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र संघीयताको उपलब्धि हासिल गर्न सफल भएको बताउनुभयो ।

माओवादीका अर्का पोलिटब्युरो सदस्य नेत्रप्रसाद पाण्डेयले माओवादी पार्टी बलियो बन्दै गएकाले स्थानीय निर्वाचनमा जित सुनिश्चित भएको बताउनुभयो ।

माओवादी केन्द्र पाल्पाका संयोजक गिरबहादुर थापा (वीरवल)ले जनयुद्धका एजेण्डा संविधानमा स्थापित भइसकेको बताउनुभयो । उहाँले माओवादी एक हुदाँ सबै क्षेत्र र स्थानमा जित हुने भएपछि कार्यकर्तामा उत्साह थपिएको जानकारी दिनुभयो । 


२०५२ साल फागुन १ गतेदेखि माओवादीले जनयुद्धको शुरु गरेको  थियो । जनयुद्ध दिवसको अवसरमा तानसेनमा भएको कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागी रहेको माओवादी केन्द्र पाल्पाले जनाएको छ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %