गुणस्तर शिक्षा संगै व्यवहारिक ज्ञान आवश्यक

Read Time:2 Minute, 43 Second

गोविन्द घर्ती


Image may contain: 7 people, people standing

देवदह, माघ २९ – गुणस्तर शिक्षा संगै व्यवहारिक ज्ञान समेत प्रदान गर्नु जिल्ला अधिकारी टेकबहादुर थापाले बताउनु भएको छ ।

उहाले विद्यालयहरुले प्राविधक शिक्षालाई जोड दिएमात्र गुणस्तर शिक्षा प्रदान गर्न सकिनेमा जोड दिनु भएको थियो । बुद्धपव्लिक आवासीय माध्यमिक विद्यालय देवदहको १५ औं बार्षिकोत्सव तथा अभिभावक भेलामा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । उहाले विद्यालयहरुले शिक्षा संगसंगै विद्यार्थीहरुलाई संस्कार समेत सिकाउनु पर्नेमा जोड दिनु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष चक्रपाणी तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय निरिक्षक हरि अर्याल, शिक्षक अभिभावक संघका अध्यक्ष यज्ञ अर्याल, केरवानी माध्यमिक विद्यालयका मित्रलाल न्यौपाने, पुर्व शिक्षक अभिभावक संघका अध्यक्ष तुल्सीराम शर्मा, देवदह मेडिकल कलेजका डा. प्रदिप ज्ञवाली लगायतले बोल्दै अभिभावकहरुले आफना वालबच्चाहरुको आनीवानी ख्याल गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा शैक्षिक तथा विभिन्न खेलकुदका पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार तेजु अर्याल, स्थानीय कलाकार भगेन्द्र विक, सुनि वारघरे, आशिष परियार लगायतले आ–आफना गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । सो अवसरमा देवदह बुद्धपव्लिक वाल क्लवद्धारा प्रकाशित बुद्धपव्लिक वाल दर्पण पत्रिकाको समेत विमोचन गरिएको थियो ।

शिक्षक अनन्तराम भण्डारीको स्वागत, सरिता सापकोटाको संचालनमा भएको कार्यक्रममा विद्यालयका प्रचार्य कृष्णप्रसाद गैरेले विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %