दिल प्रसाद मगर

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू
पत्रकारज्युहरु, बुद्धिजिवी वर्ग, लेखक, कलाकर्मी, विभिन्न पेशाव्यवसायी लगायत सबै,
जहानिंया राणा शासन विरुद्ध सशस्त्र जनक्रान्ति गरी सहादत प्राप्त गरेका लोकतान्त्रिक शासनको परिकल्पनाकार हामी नेपाली सबैका साझा प्रथम शहीद लखन थापा मगरको १४०औँ स्मृति दिवस कार्यक्रममा सपरिवार यहाँको उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौं ।
कार्यक्रम हुने मितिः २०७३ फागुन २ गते सोमबार
समयः दिउसो ठीक १ बजे
स्थानः नेपाल प्रज्ञा प्रतिष्ठान (प्रवचन कक्ष), कमलादी, काठमाडौं
नोट : उक्त दिन ‘‘लखन प्रतिष्ठानको आगामी कार्यदिशा’’ बारे हुने छलफलमा समेत यहाँको सकृयतापूर्वक सहभागीताको लागि समेत अनुरोध गर्दछौं ।
यो निमन्त्रणा अरुलाई पनि अवश्य सेयर गरिदिनुहोला । साथै यस प्रतिष्ठानको आजीवन सदस्यज्युहरुलाइले पनि यसै निमन्त्रणालाई आधिकारिक मानी पाल्नुहोला । आजीवन सदस्यताको प्रमाणपत्र पनि ससम्मान दिने कार्यक्रम भएकोले नाम छुटेका महानुभावहरुले तुरुन्तै सम्पर्क राख्नुहोला ।
आयोजकः प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठान, बागबजार, काठमाडौं, नेपाल
(थप जानकारीको लागिः ९८४१७१७८६७, ९८४१३९२८१, ९८५११८५४९९)
