शिक्षा संगै व्यवहारिक ज्ञानको आवश्यक

Read Time:2 Minute, 31 Second

गोविन्द घर्ती


Image may contain: 7 people, crowd and outdoor

देवदह, माघ २७ – शिक्षा संगै व्यवहारिक ज्ञानको समेत आवश्यक हुने जिल्ला शिक्षा कार्यालय रुपन्देहीका विद्यालय निरिक्षक हरी अर्यालले बताउनु भएको छ ।

विद्यालयले गुणस्तर शिक्षा संगै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान समेत दिनु पर्नेमा जोड दिनु भयो । देवदह बुद्धपव्लिक आवासीय माध्यमिक विद्यालयको बार्षिकोत्सवको अवसरमा आयोजित खाना महोत्सवको उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । उहाले कितावी ज्ञानले जीवन चल्न नसक्ने हुदा विद्यार्थीहरुले व्यवहारिक ज्ञानलाई समेत जोड दिनु पर्ने बताउनु भयो । उहाले ज्ञान, सिप पनि शिक्षा नै भएकोले विद्यार्थीहरुले व्यवहारिक ज्ञानलाई पनि महत्व दिनु पर्नेमा जोड दिनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रपाणी तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा केरवानी माध्यमिक विद्यालयका प्राचार्य मित्रलाल न्यौपाने लगायतले आ–आफना भनाई राख्नु भएको थियो । विद्यालयका अध्ययनरत कक्षा ६, ७ र ८ कक्षाका विद्यार्थीहरुले बार्षिकोत्सवको अवसरमा खाना महोत्सव सम्पन्न गरेको हो । खाना महोत्सवमा विद्यार्थीहरुले विभिन्न परिकारका खानाहरु तयार गरी अभिभावकहरुलाई खुवाईएको थियो । कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णप्रसाद गैरेले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो ।

सोही अवसरमा महिला अभिभावकहरु वीच कुर्ची दौड प्रतियोगिता समेत सम्पन्न गरेको छ । प्रतियोगितामा गीता न्यौपाने प्रथम, रेनु सापकोटा द्धितिय, मञ्जु ढकाल तृतिय भएको थियो । त्यसैगरी पुरष अभिभावकहरु वीच घैटो फोड कार्यक्रम समेत सम्पन्न गरेको विद्यालयले जनाएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %