चितवन (रत्ननगर), २३ चैत
चितवनको एक पेट्रोल पम्पमा आज बिहान लुटेरा समूहको गोली प्रहारबाट एक जनाको ज्यान गएको छ । रामनगरस्थित जगदम्वा पेट्रोल पम्प लुट्न आएका लुटेराहरूसँग प्रतिकार गर्न खोज्दा सो समूहले चलाएको गोली लागी पम्पका म्यानेजर भरत घिमिरेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पाँच जनाको समूहमा आएका लुटेराहरूसँगको प्रतिकारका क्रममा अर्का एकजना घाइते भएका छन् । उनको नाम खुल्न सकेको छैन । बिहान पाँच बजे भएको सो घटनापछि अहिले प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । लुटेराहरू फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।