पहिचानसहितको संघीयताका लागि संविधान संशोधन जरुरी : तामाङ !

Read Time:2 Minute, 2 Second

रूद्र श्रीसमगर


लेखनाथ, माघ १९ – नेपाल तामाङ घेदुङ चार नम्बर प्रदेशका अध्यक्ष दीपक वाइबा तामाङले पहिचानसहितको संघीयताका लागि संविधान संशोधन अनिवार्य भएको बताउनुभएको छ ।

बुधबार नेपाल तामाङ घेदुङ छारग्याम तामाङ एकाइ समिति, भण्डारढिक, नयाँबस्ती, लेखनाथको २८५३ औं सोनाम ल्होछारकाका अवसरमा आयोजित सामूहिक भोज, विविध सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदानमा बोल्दै तामाङले यस्तो बताउनुभएको हो । सोनाम ल्होछारको तामाङ जातिसँग सांस्कृतिक र धार्मिक रूपमा निकै महत्वपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष तामाङले सुकुम्बासीका समस्या समाधानका लागि समेत सरकारलाई गम्भीर हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा लेखनाथ नगरपालिका वडा नं. १ का वडा नागरिक मञ्चका संयोजक मनदेवी गुरुङ, नयाँबस्ती, भण्डारढिकका अध्यक्ष बलबहादुर गुरुङ, नयाँबस्ती तमु समाजका अध्यक्ष सीता गुरुङ, प्रेमप्रसाद बाँस्तोला, लोकबहादुर पुन, दिलबहादुर गुरुङलगायतले सोनाम ल्होछारको शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा बाँदर वर्गको बिदाइ गरी चरा वर्गको स्वागतमा पूजा आराधना समेत गरिएको थियो ।

नेपाल तामाङ घेदुङ छारग्याम एकाइ समिति, नयाँबस्ती, भण्डारढिकका अध्यक्ष सोमप्रसाद तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बिन्ती तामाङले गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %