मदरटङ्गस एकेडेमी ले सरस्वती पुजा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गर्यो !

Read Time:2 Minute, 28 Second

 

गोविन्द घर्ती


Image may contain: 4 people, people sitting

देवदह, माघ १९ – देवदह मदरटङ्गस एकेडेमी देवदह–६, ले सरस्वती पुजा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टौबहादुर तमुको अध्यक्षता र प्यासन रुपन्देहीका उपाध्यक्ष एकनारायण काफ्लेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै उपाध्यक्ष काफ्लेले सरकारले सामुदायिक बिद्यालयमा सबैभन्दा धेरै प्रतिशत धनराशी खर्च गरेता पनि सन्तोषजनक नतिजा नआएको बताउनु भयो । उहाले निजी बिद्यालयबाट उठाएको करले सामुदायिक बिद्यालयमा ठूलो धनराशि खर्च गरेपनि निजी बिद्यालयलाई यो वा त्यो बहानाले कम्जोर बनाउने खेल खेलिरहेकोमा दुख ब्यक्त गर्नु भयो । ईप्सा रुपन्देहीका अध्यक्ष समेत रहनु भएका काफ्लेले बिदेशीले नेपालमा उधोग धन्दा संचालन गर्दा लगानी डुब्यो भने सरकारले क्षतिपूर्ति तिर्ने गरेको तर नीजि विद्यालयलाई स्वदेशीले लगानी गरेको डुब्दा समेत सरकार मौन बस्ने गरेको बताउनु भयो ।

सो अवसरमा एक कार्यक्रमका वीच विद्यालयमा शुरु गरेको मन्टेस्वरी भवनको एक कार्यक्रमका बिच प्रबन्ध निर्देशक भिम गुरुङ्ग र प्रिन्सिपल रामबहादुर गुरुङले संयुक्त रुपमा सिलान्यास गर्नु भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य बुद्धिप्रसाद पौडेल, प्रिन्सिपल रामबहादुर गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

सहायक प्रिन्सिपल यमलाल शर्माको संचालन र प्रवन्ध निर्देशक भिमप्रसाद गुरुङ्गको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापका पुरस्कारहरु वितरण गरिएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %