स्थानीयवासीहरुले पशुसेवा केन्द्रको भवन निर्माण प्रकृयामा रोक !

Read Time:2 Minute, 49 Second

 

गोविन्द घर्ती


Image may contain: 9 people, people standing

देवदह, माघ १९ – दैवीप्रकोप पूर्व तयारी ईकाई समिति देवदह–१, कोलुवाले देवदह नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

दैवीप्रकोप पूर्व तयारी ईकाई समितिले गाउको उत्तरमा रहेको विगत लामो समय देखि संरक्षण र सम्वद्र्धन गर्दै आएको जग्गामा देवदह नगरपालिकाले पशुसेवा केन्द्रको भवन निर्माण गर्न दिएको भन्दै नगरपालिकालाई ज्ञापनपत्र बुझाएको हो । उक्त जग्गामा पशुसेवा केन्द्रको भवन निर्माण गर्न दिने भनी गतबर्षको नगर परिषदबाट निर्णय गरेको भन्दै उक्त जग्गा छ्ट्याउन लागेपछि स्थानीयवासीहरु आक्रोसित बनेका थिए ।

देवदह नगरपालिकाले पशुसेवा केन्द्रलाई छ्ट्याएको जग्गा स्थानीयवासीहरुले विगत लामो समय देखि सरक्षण र सम्वद्र्धन गर्दै आएको हुदा जग्गा छ्ट्याउदा समन्वय गर्नुपर्ने स्थानीयवासी वलराम पौडेलले बताउनु भयो । उक्त जग्गामा पशुसेवा केन्द्रको कार्यालय बनाउन नहुनेमा समेत जोड दिनु भयो । स्थानीयवासीहरुले संरक्षण र सम्वद्र्धन गर्दै आएको जग्गामा पार्क निर्माण गर्ने भनी दैवीप्रकोप पूर्व तयारी ईकाई समितिले निर्णय गरिसकेको सारदा सुवेदीले बताउनु भयो । कोलुवा, प्रगतिबजार, शान्तिनगर, गुरुङ्गटोलाका स्थानीयवासी र दैवीप्रकोप पूर्व तयारी ईकाई समितिका पदाधिकारीहरुको सहभागितामा नगरप्रमुखलाई उक्त ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउदै दैवीप्रकोप पूर्व तयारी ईकाई समितिका अध्यक्ष बिमला दर्लामीले राजनैतिक दल र देवदह नगरपालिकाले होचुवाको भरमा काम गरेको भन्दै आगामी दिनमा त्यसो नगर्न नगरप्रमुखलाई आग्रह गर्नु भयो ।

ज्ञानपत्र बुझ्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद सापकोटाले राजनैतिक दलहरुको बैठकमा राखेर अगाडि बढ्ने बताउनु भयो । उहाले समस्या समाधान नभएसम्म उक्त स्थानमा पशुसेवा केन्द्रलाई कुनै पनि कार्य नगर्न आग्रह गर्ने बताउनु भयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %