देवदह औद्योगिक महोत्सवमा दर्शकहरुको सहभागिता दिन प्रति दिन बढ्ने क्रम जारी !

Read Time:2 Minute, 23 Second

गोविन्द घर्ती

देवदह, माघ १८ – तेस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा दर्शकहरुको सहभागिता दिन प्रति दिन बढिरहेको छ ।

महोत्सवको आज छैठो दिन पनि दर्शकहरुको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ । महोत्सवको विशेष आकर्षको रुपमा रहेको मम्मी डान्सिङ्ग आईडलले पनि दर्शकहरुको उल्लखनीय सहभागिता रहेको मूल आयोजक समितिका संयोजक कोषबहादुर गुरुङ्गले बताउनु भयो । देवदह क्षेत्रमा एउटै छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यले महोत्सवमा मम्मी डान्सिङ्ग आईडल प्रतियोगिता आयोजना गरेको सांस्कृतिक उपसमितिका संयोजक तेजु अर्यालले बताउनु भयो ।

मम्मी डान्सिङ्ग आईडलको स्टारमा मनु पुन सोमै हुनु भएको छ । त्यसैगरी प्रतियोगिताको द्धितियमा सुमित्रा गुरुङ्ग, तृतियमा जीतमाया गुरुङ्ग हुन सफल हुनु भएको छ । मम्मी डान्सिङ्ग आईडलको निर्णायममा लोकेन्द्र शाह र मिना बुढाथोकी रहनु भएको संयोजक अञ्जु श्रेष्ठले बताउनु भयो । प्रतियोगितामा १२ जना प्रतियोगितामा भाग लिएका थिए । कार्यक्रममा उद्देघाटन सत्रको अवसरमा आयोजना गरेको र्यालीमा उत्कृष्ट भएका विभिन्न संघसंस्थाको नामावली समेत घोषणा गरिएको थियो । र्यालीमा खेमा तमु छोंज धी देवदह प्रथम, ब्रहमाकुमारी देवदह द्धितिय, थारुकल्याणकारिणी सभा देवदह तृतिय र नेपाल मगर महिला संघ देवदह सान्त्वना भएको मूल्याकन उपसमितिका संयोजक विष्णुप्रसाद पौडेलले बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय कलाकार पशुपति शर्मा, कमल खत्री, सम्झना भण्डारी तथा स्थानीय कलाकारहरुको बजेड प्रस्तुती रहेको थियो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %