विप्लव माओवादीका जिल्ला सचिवालय सदस्य थापासहित ६२ जना माओवादी केन्द्रमा प्रवेश !

Read Time:2 Minute, 29 Second

रूद्र श्रीसमगर


No automatic alt text available.

रिसिङ, माघ १७ – एकीकृत जनक्रान्ति गर्ने भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’का नेतृत्वमा गठन भएको नेकपा (माओवादी)का जिल्ला सचिवालय सदस्यसहित ६२ जना नेकपा (माओवादी केन्द्र)मा समाहित भएका छन् ।

विप्लव माओवादी तनहुँका जिल्ला सचिवालय सदस्य एवं मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला अध्यक्ष डम्बरसिंह थापाको नेतृत्वमा जिल्ला सदस्यद्वय भुवन विक र रमेश नेपालीसहित ६२ जनाले सोमबार आयोजित एक कार्यक्रमबीच नेकपा (माओवादी केन्द्र)मा समाहित भएको घोषणा गरेका हुन् । उनीहरूले जारी गरेको प्रेस विज्ञप्तिमा विप्लव माओवादीले वर्गीय, जातीय, क्षेत्रीय र लिड्डीय मुद्दाबाट विचलित भएको भन्दै माओवादी एकताको सन्देश दिन एकताबद्ध भएको उल्लेख गरेका छन् ।


No automatic alt text available.

विप्लव माओवादीका नेता, कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य मदन आलेले माओवादी केन्द्र नै वास्तविक माओवादी भएको र क्रान्तिकारी कम्युनिष्टहरूकै केन्द्र माओवादी केन्द्र रहेको उल्लेख गर्नुभयो । ‘अब सबै माओवादीहरू एक हुनुको विकल्प छैन’, नेता आलेले भन्नुभयो, ‘माओवादी केन्द्र जनतामाझ पुनः लोकप्रिय बन्दै गएको देखेर विपक्षीहरू अत्तालिएका छन्, अब सबै माओवादी एक ठाउँमा आउनु जरुरी छ ।’


No automatic alt text available.

सो अवसरमा पार्टीका अर्का केन्द्रीय सदस्य अमृत सिग्देल र अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य विवेक थापाले माओवादी केन्द्र नै नेपालको एक मात्र सच्चा कम्युनिष्ट भएको भन्दै माओवादीकै एजेण्डामा देश अघि बढिरहेको उल्लेख गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %