कृषि तथा पर्यटन महोत्सवमा कृषि प्याविलियन आकर्षक !

Read Time:2 Minute, 22 Second

गोविन्द घर्ती

देवदह, माघ १७ – तेस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७३ को आकर्षकको रुपमा कृषि प्याविलियन बनेको छ ।

कृषि प्याविलियनमा देवदह क्षेत्रमा उत्पादन भएका कृषिउपजहरु राखिएको छ । देवदह क्षेत्रका कृषिको पकेट क्षेत्र भएकोले पनि महोत्सव राखिएको कृषि जन्य पदार्थको अवलोकन र खरीद गर्ने दर्शकहरुको भिड लाग्ने गरेको छ । व्यापार व्यवसाय संगै कृषिको प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गरेकोले कृषि स्टलमा दर्शकको घुईचो लाग्ने गरेको कृषि प्रवद्र्धन उपसमितिका संयोजक पिताम्वर खरेलले बताउनु भयो । कृषि स्टलमा देवदह क्षेत्रमा उत्पादन गरेका च्याउ, गोपी, तरुल, पेडालु, गड्यौला मल, टमाटर, साग, चाईनिज बन्दा, मुला, नरिवल, सलगम, मकै लगायतका तरकारी, फलफुल अन्नवालीहरु राखिएका छन् ।

देवदह क्षेत्रका कृषकहरुलाई व्यवसायीक तरकारी खेती तर्फ आकर्षित गर्ने उद्देश्यका साथ महोत्सवमा कृषि स्टल राखिएको देवदह स्तरीय कृषक समितिका संयोजक चक्रपाणी न्यौपानेले बताउनु भयो । परनिर्भतालाई अन्त गर्दै आत्मनिर्भर बन्न कृषिलाई व्यवसायीककरण गर्नुपर्ने संयोजक न्यौपानेले बताउनु भयो । कृषि प्रदर्शनी स्टलमा देवदह क्षेत्रका १ सय १८ कृषकहरुले उत्पादन गरेका कृषिउपजहरु प्रदर्शन गरिएको छ ।

कृषि प्रदर्शनीबाट कृषि सम्वन्धी जानकारी दिने गरी पम्पलेट, ब्रोसर तथा अन्य जानकारी मुलक सामाग्रीहरु राखिएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देही महोत्सवको लागि आर्थिक तथा प्राविधिक सहयोग गरेको उपसमिति संयोजक खरेलले बताउनु भयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %