काठमाडौँ, २२ चैत
एकीकृत नेकपा (माओवादी)का उपाध्यक्षद्वय डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले शान्ति–प्रक्रिया र संविधान लेखन कार्यलाई धरापमा पारेर मुलुकमा राष्ट्रपति शासन लगाउने षड्यन्त्र भइरहेको बताएकाछन ।
गोरखा विद्यार्थी समाजद्वारा आज यहाँ आयोजित ‘बृहत् गोरखाली भेटघाट तथा चियापान’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँहरूले यस्तो षड्यन्त्र भए जनताले नयाँ ढङ्गबाट आन्दोलन उठाउने चेतावनी दिए ।
शान्ति–प्रक्रियालाई टुङ्गोमा पु¥याई नयाँ संविधान बनाउनु नै अहिलेको मूल कार्यभार भएको बताउँदै उपाध्यक्ष डा भट्टराईले भने– ‘यस विषयलाई जोसुकैले दायाँ या बायाँ कोणबाट नजरअन्दाज गरे पनि जनताको यो कार्यभारविरुद्ध कोही जान सक्दैन ।’
उनले राष्ट्रपतिलाई अघि सारेर शान्ति र संविधान नबनाउने हर्कत भए जनताले नयाँ खालको आन्दोलन उठाउने बताउँदै यसका लागि सर्तक रहन गोरखालीहरूलाई आग्रह गरे ।
आपसमा झगडा गरेर बिग्रन लागे नेताहरूलाई खबरदारी गरिरहन जनतालाई अनुरोध गर्दै उपाध्यक्ष डा भट्टराईले हरेक पार्टीभित्र रहेको राजा–रजौटा प्रवृत्तिविरुद्ध पनि डटेर लड्नुपर्ने आवश्यकता औँल्याए ।
अर्का उपाध्यक्ष श्रेष्ठले आप्mनो दलले राष्ट्रिय स्वाधीनता र क्रान्तिकारी आन्दोलनविरुद्ध कसैसँग सम्झौता नगर्ने प्रष्ट पारे ।
शान्ति–प्रक्रिया तार्किक निष्कर्षमा पु¥याउन र संविधान लेख्न नदिइए जनविद्रोह गरेर क्रान्ति सम्पन्न गरिने उनको दाबी थियो ।