देव पचभैया
पाल्पा, माघ १५ – तानसेनको वसपार्कमा शनिवार सांझ ५ बजे भएको जिप दुर्घटनामा एक पुरुषको ज्यान गएको छ भने दुई महिला घाईते भएका छन् ।
चालकले गाडीमा चावी छोडेर पार्क गरिराखेको लु १ ज २२३७ नम्बरको जिप मानशिक सन्तुलन गुमाएका १४ बर्षिय बालकले चलाउदा गुल्मी घर भई तानसेनमै मजदुरी गर्ने ५५ बर्षिय निमलाल श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा पाल्पा घुम्न आएका पुतलीबजार १ स्याङ्गजाकी ४९ बर्षिया कृष्णकला वराल र उनकी छोरी २८ बर्षिया लक्ष्मी बराल घाईते भएका छन् । घाईतेको युनाईटेड मिशन अस्पताल तानसेनमा उपचार भैरहेको छ ।
चालक यादब श्रेष्ठ र मानसिक सन्तुलन गुमाएका बालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
