२१ सौं सताव्दीमा व्यवहारिक र व्यवसायीक शिक्षाको आवश्कता !

Read Time:3 Minute, 8 Second

गोविन्द घर्ती


Image may contain: 8 people, people sitting

देवदह, माघ १५ – अहिलेको २१ सौं सताव्दीमा व्यवहारिक र व्यवसायीक शिक्षाको आवश्कता रहेको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।

व्यवहारिक प्रद्धतिले मात्र गुणस्तर शिक्षा कायम गर्ने भएकोले सम्पूर्ण सामुदायिक विद्यालयहरुले पहल गर्नुपर्नेमा जोड दिएका थिए । केरवानी माध्यमिक विद्यालय देवदह–६, को ६३ आौं बार्षिकोत्सव दिवस समारोहमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । सो अवसरमा बोल्दै रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले वालवालिकालाई शिक्षाको पहुचमा पुर्याउन शिक्षा प्रेमी र अभिभावकहरु लाग्नु पर्नेमा जोड दिनु भयो ।

उहाले राज्यले सामुदायिक विद्यालयहरुलाई लगानी गरेपनि भनेजस्तो प्रतिफल आउन नसकेको बताउनु भयो । उहाले गुणस्तर शिक्षाले मात्र फड्को मार्न सक्ने भएकोले सामुदायिक विद्यालयहरुले गुणस्तर शिक्षा कायम गर्न लाग्नु पर्नेमा जोड दिनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नमराज पुरीको अध्यक्षतामा भएको कार्यराष्ट्रिय परिक्षा बोर्ड क्षेत्रीय कार्यालय बुटवलका सुरज पराजुली, शैक्षिक तालिम केन्द्र भैरहवाका मनोज गैरै, देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष जीवलाल पराजुली, शिक्षक यूनियनका दिल्लीराज भण्डारी, महामाया भवानी माविका प्रार्चाय दिनानाथ अर्याल, नेपाली काग्रेसका गुणखर भूर्तेल, नेकपा एमालेका प्रकाश अर्याल, नेकपा माओवादी केन्द्रका मेधनाथ पौडेल, नेकपा माओवादी क्रान्तिकारीका ऋषिराम लाछिाने, अभिभावक केशव पुन लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा शैक्षिक तथा खेलकुदका पुरस्कारहरु समेत वितरण गरिएको थियो ।

सहायक प्रार्चाय दुर्गादत्त शर्माको स्वागत, शिक्षक कृष्णप्रसाद न्यौपानेको संचालनमा भएको कार्यक्रममा प्रार्चाय मित्रलाल न्यौपानेले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %