देवदह क्षेत्रको पर्यटन विकास र संभावना विषयक गोष्ठी संम्पन्न !

Read Time:4 Minute, 27 Second

गोविन्द घर्ती


Image may contain: 1 person, standing and suit


देवदह, माघ १५ – लुम्विनी विकास कोषले निर्माण गर्ने बृहत्त परियोजनामा देवदह क्षेत्रलाई पनि समेट्नु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।

उनीहरुले देवदह क्षेत्र भगवान गौतम बुद्धको मावली स्थल भएकोले यसको विकास, प्रवद्र्धन र प्रचार प्रसार गर्न लुम्विनी विकास कोषले विशेष पहल गर्नुपर्नेमा जोड दिएका थिए । देवदह व्यापार संघले आयोजक गरेको तेस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७३ को अवसरमा आयोजित देवदह क्षेत्रको पर्यटन विकास र संभावना विषयक गोष्ठीमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्ने वक्ताहरुले भगवान गौतम बुद्ध संग सम्वद्ध रहेको देवदह क्षेत्रका ऐतिहासिक स्थलहरुको संरक्षण सगै विकास गरेर देवदहमा पर्यटक भित्रलाउन सके आर्थिक रुपमा समेत टेवा पुग्नेमा जोड दिएका थिए ।

पर्यटकीय क्षेत्रको भौतिक निर्माण गरी देवदहमा पर्यटक भित्रयाउन देवदह क्षेत्रमा रहेका विभिन्न संघसंस्थाहरु लाग्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले देवदह क्षेत्रमा घुम्न आउने पर्यटकहरुलाई वस्ने वातावारण बनाउन सकेमात्र देवदहलाई पर्यटकीय नगरको रुपमा विकास गर्न सकिनेमा जोड दिएका थिए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै लुम्विनी विकास कोषका पुरातत्व विद् हिमाल उप्रेतीले लुम्विनी विकास कोषले देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको उत्खनन् कार्यलाई तिव्रता दिन खोजिरहे पनि प्राप्त मात्रामा बजेटको अभावले त्यो संभव हुन नसकेको बताउनु भयो । त्यसैगरी देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले देवदहलाई पर्यटकीय नगरीको रुपमा विकास गर्न नगरपालिकाले गुरुयोजना निर्माण गरी अगाडि बढिरहेकोमा जोड दिनु भयो । उहाले देवदह क्षेत्रमा रहेको संस्कृतिको विकास गर्दै पर्यटक भित्रयाउन सके आर्थिक रुपमा समेत सवल हुनेमा जोड दिनु भयो ।


Image may contain: 9 people, people sitting and outdoor

त्यसैगरी अर्का कार्यपत्र प्रस्तुतकर्ता ड्रिम देवदहका संयोजक सिद्धिचरण भट्टराईले देवदह क्षेत्रमा संभावना प्रसस्त भएपनि राज्यले लगानी गर्न नसक्दा ओझेलमा पर्दै कआएको बताउनु भयो । कार्यक्रममा लुम्विनी विकास कोषका विष्णु पन्थी, दक्षिण एशिया पर्यटन पुर्वाधार विकास परियोजनाका रामशरण सेढाई, कोलिय सामुदायिक विकास केन्द्रका प्रकाश अर्यालले कार्यपत्र माथि टिप्पणी गर्दै ऐतिहासिक क्षेत्र, कृषि, सहकारी, सामुदायिक वनहरुको विकास गर्दै पर्यटन भित्रयाउन सकिनेमा जोड दिएका थिए ।

महोत्सव अन्र्तगत गठन भएको पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक भिमप्रसाद गुरुङ्गको अध्यक्षता, रामबहादुर गुरुङ्गको संचालनमा भएको कार्यक्रममा मूल आयोजक समितिका संयोजक कोषबहादुर गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा देवदह क्षेत्रमा क्रियाशिल राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %