संविधान कार्यान्वयनको लागि सवै दल एक ठाउमा उभिनु पर्नेे:नेम्वाङ

Read Time:3 Minute, 49 Second

गोबिनद घर्ती

माघ १३ । सहमतिमा निर्माण गरेको संविधान कार्यान्वयनको लागि सवै दल एक ठाउमा उभिनु पर्नेे संविधान सभाका पुर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङले बताए । नेम्वाङले संविधान कार्यान्वयनको लागि निर्वाचनको कुनै विकल्प नभएको हुदा संविधानले तोकिएकोे समयसिमा भित्र ३ वटै तहको निर्वाचन गर्नुपर्नेमा जोड दिए । देवदह व्यापार संघले आयोजना गरेको तेस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै नेम्वाङले उक्त कुरा बताएको हो ।
नेकपा एमालेका उपनेता समेत रहेका नेम्वाङले संविधान कार्यान्वयनको लागि निर्वाचन नै उत्तम विकल्प भएकाले निर्वाचनले मात्र समस्याको समाधान गर्नेमा जोड दिए । नेम्वाङले प्रदेश नं ५ टुक्राउने गरी सरकारले प्रस्ताव गरेको संविधान संशोधन विधेयक कुनै हालतमा पास हुन नसक्ने दावी गरे ।नेम्वाङले प्रदेश नम्वर ५ टुक्राउने गरि गरिएको संविधान संशोधन प्रस्ताव नेपाल र नेपालीको हित विपरित रहेको बताए । नेम्वाङले संविधानले सवै नेपालीको अधिकार सुनिश्चित गरेकोले कार्यान्वयनको लागि सवै लाग्नु पर्नेमा जोड दिए । नेम्वाङले देवदह क्षेत्रको विकासको लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेम्वाङले युवा संघ नेपालका अध्यक्ष दुर्गा तिवारीको कायरता पुर्वक हत्या गरेको भन्दै अपराधीलाई तत्काल कानुनी कार्वाही गर्नुपर्नेमा जोड दिए । मुल आयोजक समितिका संयोजक कोष बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य लिला गिरी, नेकपा माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य हक्की उल्लाह खां, नेपाली काग्रेसका महासमिति सदस्य जीवलाल पराजुली, देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, देवदह नगर विकास समितिका अध्यक्ष दिल्लीराज मरासिनी, नेकपा एमालेका जिल्ला सदस्य प्रकाश अर्याल, नेपाली काग्रेसका जिल्ला सदस्य वासुदेव रिमाल, देवदह खानेपानीका नमराज पुरी, उद्योग बाणिज्य संघका गोपाल ढकाल, उद्योग व्यापार संगठनका गोविन्द ठड्राई, तिलोत्तमा व्यापार संघका जेवि कडेल, गाउ वन समन्वय सञ्जालका खेमनारायण अधिकारी, वडा नागरिक मञ्चका निर्मला चौधरी लगायतले आ–आफना भनाई राखेका थिए ।
देवदहको खैरेनी देखि विभिन्न झाकी सहीत शुरु भएको ¥याली कार्यक्रम स्थलमा पुगेर सभामा परिणत भएको थियो । ठाकुर प्रसाद गौतमको स्वागत र माधव ढकाल, यम रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %