देब पचभैया

पाल्पा, माघ १२ – दुबै मृगौलामा समस्या आएपछि खस्यौली १ पाल्पाकी धनकुमारी दंगाल मगरले उपचारका लागी आर्थिक सहयोगको अपिल गर्नुभएको छ ।
झण्डै ५ बर्षदेखी उपचार गराउदै आउनुभएकी ५३ बर्षिया दंगालले अहिले भैरहवामा हप्तामा २ पटक डायलासिस गराउँदै आएपनि पैसाको अभावमा उपचारमा समस्या भएको बताउनुभयो ।
डाक्टरले मृगौला प्रत्यारोपण गर्न सकिने बताएपनि परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सहयोगको हात बढाएको छिमेकी सिता खड्काले जानकारी दिनुभयो ।

पछिल्लो समयमा निशुल्क डायलासिस गराएपनि अन्य खर्च जोड्दा खर्चले धान्न नसकेको पिडीत दंगालकी श्रीमान् ६० बर्षिय डोल बहादुरको भनाई छ । पाल्पा, रुपन्देही र काठमान्डौका अस्पतालमा गरि ५ लाख भन्दा बढी खर्च भएको र अब अस्पताल पुग्ने पैसा समेत नभएको उहाले बताउनुभयो ।
गाउलेहरुको सहयोगले मात्रै उपचार गर्न नपुग्ने भएकाले सबै नेपाली दाजुभाई संग सहयोगको आग्रह गरिएको छिमेकी सिता खड्काले बताउनुभयो ।
३ छोरी र एक छोराका आमा धन कुमारीका श्रीमान् डोल बहादुर गाउमा कर्मी (घर बनाउन हिड्ने )काम गर्ने भएपनि अहिले उहा पनि विरामी हुनुहुन्छ ।
धनकुमारीलाई सहयोग गर्न चाहानेले राष्ट्रिय बाणिज्य बैङकको खाता नम्बर ३२३००००२०११० मा रकम जम्मा गर्न सक्ने वा ९८४७१६१८४९ मा सम्र्पक गर्न आग्रह परिवार र आफन्तले आग्रह गरेका छन ।
