नवलपरासीमा पनि लखन चोक स्थापना गर्न आर्थिक र जग्गा सहयोग

Read Time:4 Minute, 13 Second

१६ चैत ०६७, अर्खला,नवलपरासी ।
नवलपरासी जिल्ला अन्तर्गत ९ क्षेत्र न. १ र २०  १७ पहाडी गाविस मगर समुदायको बाहुल्यता भएको क्षेत्र मध्ये अर्खला गाविस वार्ड नं–७ स्थित उपल्लो अर्खला गाऊँलाई नेपालको प्रथम शहीद क्या लखन थापा मगर चोकको स्थापना स्वरुप नामाकरण गरिएकोछ । राष्टिय जनमुक्ति  पार्टीका संघीय परिषद अध्यक्ष एवं संविधान सभासद एम एस थापा मगरको प्रमुख आतिथ्यमा नेपालको प्रथम शहीद क्या लखन थापा मगरको मुर्ति अनावरण कार्यक्रम समुदघाटन गर्दे उक्त गाविस स्थित उपल्लो अर्खला गाऊँलाई प्रथम शहीद क्या लखन थापा मगर चोकको विधिवत रुपले घोषणा गरियो । 

नवलपरासी, दलदले–रकुवा पहाडी मोटर बाटो अन्तर्गत दलदले–उपल्लो अर्खला  लखन थापा मगर चोक जम्मा २८ किमीको छ । प्रथम शहीद क्या लखन थापा मगर चोकका लागि ८ आना बराबरको जग्गा दाता अर्खला–७ का तुलबहादुर राईमगर र मूर्तिका लागि आर्थिक सहयोग गर्नैमा संविधान सभा चुनाव ०६४ क्षेत्र नं १ राष्ट्रिय जनमुक्ति पार्टीका प्रत्यासी उम्मेदवार गैंडाकोट निवासी केहरसिं राना मगरबाट रु ३५,०००।– (अक्षरुपी पैतिस हजार) सहयोग प्राप्त भएको थियो ।
तत्कालिन जहाँनिया राणा शासनको विरुदमा देशको लागि आहुती दिने नेपालका प्रथम सहीद क्या लखन थापा मगरलाई वि स १९३३ मा फाँसी दिइएको थियो । अधिकांस कार्यक्रममा बोल्न बक्ताहरुले  राज्यले वीर शाहसी बहादुर योदद्धलाई पूर्ण रुपले प्रथम सहीद घोषणा गर्न अहिले सम्म पनि नाटक गरी रहनुले राज्यको लाचारीपन, वेवास्ता खुलासा भएको भन्दै तीव्र आलोचना गरेकाथिए ।


उल्लेख्य मात्रामा सहभागी रहेको कार्यक्रममा मगर समुदायको सास्कृतिक पहिचान झल्कने विभिन्न कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । प्रमुख अतिथि,विशेष अतिथि एवं सम्पूर्ण पाहुनाहरुलाई पंचे बाजाले स्वागत गरेका थिए । मगर हाङ् परिषदका केन्द्रिय संयोजक कर्ण सुनारी मगरले यो क्षेत्रका समुदायहरु पनि अब राजनैनिक,आर्थिक र सामाजिक चेतना स्तरमा बृदि भएको जिकिर गर्दै यो खालको सामाजिक प्रयासले यस क्षेत्रका लागि एउटा उदाहरीण कार्यको नमूना भएको र अगामी दिनहरुमा थप प्रगतिका लागि श्रोत सावित हुनेछ भन्ने विश्वास ब्यक्त गरेकाथिए  ।

राष्ट्रिय जनमुक्ति पार्टी गाऊँ समिति अर्खलाका अध्यक्ष हर्कबहादुर चिडी मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथिमा पार्टी सह अध्यक्ष शिवलाल थापा अन्य अतिथिहरुमा पार्टीका जिल्ला अध्यक्ष नरबहादुर ठाडा मगर,क्षेत्र न १का अध्यक्ष धनबहादुर गुरुङ,नेपाली काँगेस क्षेत्र न १का एमाओबादीका नेता चित्तलसिं राना मगर, एमाले क्षेत्रीय प्रतिनिधी दीपक बस्टाकोटी लगायत अन्य संघ संस्थाका प्रतिनिधीहरुको पनि उपस्थिति थियो । कार्यक्रम संचालन लालबहादुर चिडी मगरले गरेकाथिए ।

संघीय पत्रकार संजाल,चितवन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %