गोविन्द घर्ती
देवदह, माघ ११ – तेश्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव अन्र्तगत सुरक्षा सम्वन्धी बैठक सम्पन्न भएको छ ।
सो अवसरमा बोल्ने वक्ताहरुले महोत्सव देवदह क्षेत्रकै गहना भएकाले यसको सुरक्षाको लागि सबै आ–आफना ठाउबाट लाग्नु पर्नेमा जोड दिएका थिए । महोत्सव अवधिभर सुरक्षालाई मजबुट बनाउन प्रहरी, शसस्त्र प्रहरी, आन्तरिक सुरक्षाकर्मीहरु परिचालन गर्ने निर्णय गरेको छ । महोत्सवको सरक्षालाई मध्यनजर राख्दै मेला स्थल तथा वरपर सिसिटी क्यामेरा जडान गर्ने सुरक्षा उपसमितिका संयोजक खुमबहादुर ठकुरीले जानकारी दिनु भयो । महोत्सवमा माधक प्रदार्थ सेवन कर्तालाई मेला स्थलमा प्रवेश गर्न नदिने, मेला स्थल वरपर माधक पदार्थ विक्रि वितरण गर्न नदिने, मेला स्थलको चारैतिर बत्तीको व्यवस्था गर्ने मूल आयोजक समितिका संयोजक कोषबहादुर गुरुङ्गले बताउनु भयो ।
पार्किङ्गलाई व्यवस्थित बनाउन घोडाहाको पेट्रोल पम्म र शितलनगरमा सवारी साधान रोक्ने व्यवस्था गर्ने गरी काम अगाडि बढाईएको आयोजकले जनाएको छ । मूलआयोजक समितिका संयोजक कोषबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक मधु नेपाल, जयगौतम बुद्ध सेक्यूरिटीका सुनिल गिरी, नेकपा एमालेका धुव्रप्रसाद खरेल, निलकण्ठ पौडेल, नेपाली काग्रेसका वासुदेव रिमाल, गुणखर भूर्तेल, नेकपा माओवादी केन्द्रका नमराज पुरी, केशव पौडेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
विष्णु अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
