राष्ट्रिय जनमुक्ति पार्टीको विश्व सम्मेलन काठमाण्डौंमा हुने ! !

Read Time:3 Minute, 16 Second

संजय सिंजाली मगर

 

 

Image may contain: one or more people and indoor

काठमाण्डौं, माघ १० –  राष्ट्रिय जनमुक्ति पार्टीले विश्व जनमुक्ति सम्मेलन २०७३ फागुन २३, २४ र २५ गते काठमाण्डौंमा गर्ने पार्टीले जनाएको छ । पाचौं महाधिबेशन पश्चातको संघीय परिषदको दोस्रो बैठक धोवीघाट स्थित सिदार्थ कटेजमा ४ दिन सम्म चलेको बैठकले विभिन्न प्रस्तावहरु मध्ये जनमुक्ति विश्व सम्मेलनलाई प्रमुख एजेण्डमा राखी सर्व सम्मतीले पास गरेको छ ।

जनमुक्ति विश्व सम्मेलन काठमाण्डौंको खुल्ला मञ्चमा फाल्गुन २३ गते पार्टी अध्यक्ष खड्का प्रसाद पालुङ्गाले उद्धघाटन गर्ने छन् । सम्मेलनको दोस्रो दिन काठमाण्डौंको सोल्टी होटलमा बन्द सत्र गर्ने र तेस्रो दिन काठमाण्डौं घोषण पत्र जारी गर्ने छ ।

 

Image may contain: one or more people, people sitting, shoes and indoor

 राष्ट्रिय जनमुक्ति पार्टीको प्रवास शाखा जनमुक्ति मञ्च बेलायत, अमेरिका, क्यानेडा, कतार, साउदी, मलेसिया, हङकंङ, ईजरायल, साईपरस, जापान, स्पेन, मकाउ, अस्द्रेलिया, बहराईन, कुबेत, लगायत २० देश बाट ३/३ जना प्रतिनिधी र २/२ जना प्रयवेक्षक को उपस्थित हुने पार्टीका उपाध्यक्ष तथा प्रवास विभाग प्रमुख कमला थापाले राज्यसत्तालाई जानकारी दिए । जनमुक्ति पार्टीको विश्व सम्मेलनमा भाग लिन पार्टीको ६५ जिल्ला बाट १० औं हजार नेता कार्यकर्ता र पार्टीका शुभचिन्तकहरु काठमाण्डौं  आउने सम्मेलनका संयोजक पार्टीका बरिष्ठ उपाध्यक्ष यम बुढाथोकी मगरले जानकारी दिए । यो सम्मेलन करिब ३० लाख रुपैंया खर्च लाग्ने आयोजकले जानकारी दिए ।

Image may contain: one or more people, people sitting and indoor

बैठकले पार्टीलाई चुस्त र दुरुस्त राख्न आन्दोलन गर्ने, जिल्ला, नगर र गाउपालीका कार्यलयमा ज्ञापनपत्र बुझाउने, देशको मुख्य मुख्य भागमा २६ बुदेको मर्म अनुसार मुख्य नाराहरु लेख्ने । पार्टीका नाराहरु लेखिएको प्लेकार्ड, ब्यानर सहित पैदल मार्च, साईकल, मोटरसाईकल र्याली गर्ने । अधिबेशन गर्ने बाकी जिल्ला प्रदेशमा माघ मसान्त्त भित्र अधिबेशन भेला गर्ने, २०७४ सालको बैशाकको पहिलो हप्ता पार्टीका राष्ट्रिय भेला काठमाण्डौंमा गर्ने लगायतका एजेण्ड पारित गरेको छ । बैठकले देशको बर्तमान राजनितिक परिवर्तनको समिक्षा गर्दै भोली ११ गते समापन गर्दैछ ।

Image may contain: 1 person, sitting and indoor

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %