पोखरामा ‘जंगल फेस्टिभल’ हुने !

Read Time:2 Minute, 24 Second

मनोज घर्तीमगर


पोखरा, माघ ९ – तेस्रो सँस्करणको ‘जंगल फेस्टिभल’ फागुन १२ देखि २१ गतेसम्म संचालन हुने भएको छ ।

प्रत्येक दुई वर्षमा हुने पृथक शैलीको यो फेस्टिभलको मिति आयोजक ‘परिचय नेपाल’ले सार्वजनिक गरेको हो । अघिल्ला दुई सँस्करणभन्दा यो पटकको फेस्टिभल अझै बढि परिस्कृत रुपमा हुने परिचय नेपालका अध्यक्ष सोभित बस्यालले बताए । ‘जंगल थिम’ दिएर जंगलभित्रै गरिने यो फेस्टिभलमा बालबालिकादेखि वृद्धवृद्धासम्मको आकर्षण रहेको आयोजकले बताएको छ । जंगलमै गरिने यो फेस्टिभल ‘जंगली जीवनशैली र जैविक विविधता’ सम्बन्धि अध्ययन गरिरहेका सोधकर्ताहरुका लागि पनि उत्तिकै लाभदायक रहने आयोजकको विश्वास छ ।

यो फेस्टिभललाई थप रोचक बनाउन ‘नेपाल टुरिज्म बोर्ड’ समेत लागिपरेको छ । फेस्टिभलको प्रबद्र्धक रहने ‘नेपाल टुरिज्म बोर्ड’ले आफ्नो नयाँ कार्यक्रम ‘घुमफिर वर्ष’लाई समेत यो इभेन्टमार्फत प्रमोशन गर्नेछ । ‘यो पोखराको एउटा सिग्नेचर इभेन्ट हो । त्यसैले इभेन्टलाई आन्तरिक तथा बाह्य पर्यटकहरुले समेत उत्तिकै चासो दिएको हामीले पाएका छौँ’ नेपाल टुरिज्म बोर्डका सूर्य थपलियाले भने–‘त्यसैले हामी यो इभेन्टसँग एसोसियट भएका हौँ ।’

आयोजक परिचय नेपालले फागुन १२ देखि हुने ‘जंगल फेस्टिभल’को प्रचारप्रसारलाई यतिबेला तिब्र पारेको छ । अघिल्ला सँस्करणभन्दा पृथक हुने दाबी गरिएको ‘जंगल फेस्टिभल’मा यो पटक दर्शक पनि अझै बढ्ने आयोजकको अपेक्षा छ । ‘ब्याक टु नेचर’ नारा दिएर आयोजना हुन लागेको ‘जंगल फेस्टिभल’को अन्य आकर्षणहरुको बारेमा चाँडै नै जानकारी दिने आयोजकले बताएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %