तेस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव हुने !

Read Time:2 Minute, 33 Second

गोविन्द घर्ती


Image may contain: 6 people

देवदह – यही माघ १३ गते देखि रुपन्देहीको देवदहमा तेस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव हुने भएको छ ।

महोत्सवको सम्पूर्ण तयारी तिव्ररुपमा अगाडि बढिरहेको बताएका छन् । महोत्सव स्थल देवदह–१०, घोडाहामा आयोजित पत्रकार सम्मेनको आयोजना गरी सो जानकारी दिईएको हो । पत्रकार सम्मेलनमा बोल्दै मूल आयोजक समितिका संयोजक कोषबहादुर गुरुङ्गले देवदहमा रहेको पर्यटकीय क्षेत्रको विकास र कृषि, दुग्ध उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको बताउनु भयो । उहाले देवदह क्षेत्रमा क्रियाशिल रहेको विभिन्न व्यापारीक संघसंस्थाले आलोपालो गरी महोत्सव संचालन गर्दै आएको बताउनु भयो ।

उहाले महोत्सवमा करिव ३ करोडको कारोवार गर्ने र ४ लाख दर्शकले अवलोकन गर्ने अध्यक्ष गुरुङ्गले बताउनु भयो । मेलामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गरी २ सय ५० स्टल रहने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । महोत्सवमा स्थानीय क्षेत्रमा उत्पादन गरिएको कृषिको प्रदर्शन, पर्यटकीय क्षेत्रको फोटो प्रदर्शन, विविध सांस्कृतिक कार्यक्रम रहने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । महोत्सवमा खुल्ला नकआउट भलिवल प्रतियोगिता, सूचननाको प्रविधि, हास्य व्याङ प्रतियोगिता, अन्तर विद्यालय लोकगीत प्रतियोगिता, मम्मी डान्स लगायतका प्रतियोगिताहरु आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

मूल आयोजक समितिका संयोजक कोषबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष मोतीलाल पाण्डे लगायतले आ–आफना भनाई राख्नु भएको थियो । समितिका सल्लाहकार यम रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %