गोविन्द घर्ती

देवदह – सरकारी विद्यालयको पाठयक्रमलाई उचित तरिकाले वालवालिका समक्ष पुर्याउन नसकिएको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।
उनीहरुले सरकारी विद्यालयलाई राज्यले लगानी गरेपनि भने जस्तो गुणस्तर शिक्षा प्राप्त गर्न नसकिएकोमा जोड दिएका थिए । प्रगति प्राथमिक विद्यालय देवदह–६, नर्सरीडाडाको २४ औ बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
सोही कार्यक्रममा बोल्दै बुटवल श्रोत केन्द्रका विद्यालय निरिक्षक हरिलाल अर्यालले विद्यार्थीहरुको मनोभावना बुझेर शिक्षा पद्धतिलाई अंगाल्नु पर्नेमा जोड दिनु भएको थियो । उहाले सम्पूर्ण वालवाललिको पुहचमा शिक्षा पुर्याउनको लागि सम्पूर्ण अभिभावकहरु सचेत र सजग भई लाग्नु पर्नेमा जोड दिनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका ईन्जिनियर राजकुमार यिादव, विद्यालयका सल्लाहकार संयोजक गीरप्रसाद पाण्डे, सल्लाहकार प्रकाश अर्याल, केरवानी उच्च माविका दुर्गादत्त शर्मा, देवदह उच्च माविका लिलाधर पाण्डे, व्यास प्राविका मिना पोखरेल, सरस्वती माविका पदम राना, वडा नागरिक मञ्चका श्याम अर्याल, चक्रपाणी तिवारी, चक्रपाणी न्यौपाने, डोलराज चापागाई नेमीलाल शाह लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा कमल चापागाई र सुमन ढुंगानाले ४ जना विद्यार्थीलाई करिव १० हजार बरावरको व्याग, जुत्ता र शैक्षिक सामाग्री प्रदान गरिएको थियो । सोही अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधाननाध्यापक भिमदेव ढकालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
शिक्षिका माया नेपालको स्वागत र शिक्षक दिनेश कुमार विकको संचालनमा कार्यक्रम सम्पन्न भएकोा थियो ।
