माया घले मगर

उदयपुर – मगर समुदायकोे महान पर्ब माघेसक्राती उदयपुरमा पनी जिल्लाको बिभिन्न ठांउमा शुभकामना कार्यक्रम संगै साँस्क्रीतीक कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
जिल्लाको पहाडी गावीस साउने, रौता, इनामे, नामेटार, कटारी नगरपालीका, बेल्टार बसाहा नगरपालीका लगाएतको ठाँउमा कार्यक्रम सफल रुपमा सम्पन्न भएको खबर प्राप्त भएको छ यस्तै जिल्लाको त्रियुगा नगरपालीका वडा न.१ नयाँ बस्ती खसी बजारमा नेपाल मगर संघ त्रियुगा नगरपालीका वडा न.१ को वडा कमीटीको आयोजनामा सांस्कृतीक कार्यक्रम तथा शुभकामना आदन प्रदान गरी मनाइएको छ ।

कार्यक्रममा जिल्लाको बिभिन्न ठाउ तथा त्रियुगा नगरपालीका भरीका मगर समुदाय आआफ्नो भेषभुषा सहीत उपस्थित भएका थिय नाचगान तथा शुभकामना आदन प्रदान गरी मनाएको उत्त कार्यक्रममा कौडा नाच, हुर्रा नाच, सोरठी लगाएको गीतमा नृत्य प्रस्तुत गरीएको थियो भने उपस्थीत सम्पुर्ण मगरहरुले एक आपसमा हात समाइ हुर्रा नाच नाची रमाइलो गरेका थीय । कार्यक्रममा त्रियुगा नगरपालीकाका बिभिन्न वडाका मगर संघका पदाधीकारी, भिबिन्न जातीय संस्थाका प्रमुख तथा प्रतीनिधिहरुले सुभकामना मन्तब्य राखेका थिय ।

यस्तै कार्यक्रममका प्रमुख अथिती नेपाल मगर संघ उदयपुरका अध्यक्ष तथा नेपाल आदीबासी जनजाती महासंघ उदयपुरका अध्यक्ष केशब खपाङ्गी मगरले परापुर्ब कालदेखीनै पुर्खाले मनाउदै आएको मगर जातीको पर्ब, भाषा, धर्म संस्क्रिती पृथ्बि नारायण शाहाले राज्य एकीकरन गरे संगै लोप हुदै गएको आरोप लगाउनु भयो ।यस्तै राज्यले हिन्दु धर्मालम्भीले मनाउने दशै, तिहार जस्तो पर्बमा १५ दिन सम्म बिदा दिने तर अन्य जात जातीले मनाउने चार्ड पर्बमा बिदा दिन कन्जुसाइ गर्ने गरेको आरोप लगाउदै जसको बिरोध स्वरुप पनी खुल्ला आकासमुनी कार्यक्रम गरी माघे सक्राती पर्ब मनाइएको बताउनुभायो । यस्तै थारु समुदायले पनी माघी पर्ब शुभकामना आदान प्रदान संगै मिठा मिठा परीकार खाएर माघी पर्ब मनाएका छन | पुर्बेली दर्पण डटकम बाट

