मगरात प्राप्त विना मगरहरुको अधिकार सुनिश्चित हुन नसक्ने नेपाल मगर संघका केन्द्रिय सस्दय : धनबहादुर थापा !

Read Time:2 Minute, 15 Second

गोविन्द  घर्ती


देवदह – मगरात प्राप्त विना मगरहरुको अधिकार सुनिश्चित हुन नसक्ने नेपाल मगर संघका केन्द्रिय सस्दय धनबहादुर थापाले बताउनु भएको छ ।

उहाले अहिलेको संविधानले मगरहरुको अधिकार सुनिश्चित नगरेको भन्दै अधिकार प्राप्तीको लागि सम्पूर्ण मगरहरु एकजुट हुनुको कुनै विकल्प नभएको बताउनु भयो । नेपाल मगर संघ रुपन्देही जिल्ला समितिले माघे संक्रान्तिको अवसरमा आयोजित शुभकामना कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । लुम्विनी अञ्चल ईन्चार्ज समेत रहनु भएका थापाले संविधान संशोधन प्रस्तावले केही सकारात्मक भएपनि राजनैतिक दलहरुले मगरहरुलाई राजनैतिक भर्याङ्गको रुपमा मात्र प्रयोग गर्दै आएको आरोप लगाउनु भयो । उहाले मगर समुदायमा भएका सकारात्मक स्रस्कृतिलाई अगाल्दै र विकृतिलाई हटाउदै अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो ।

माघे संक्रान्ति मगरहरुको सांस्कृतिक पर्व भएकोले भाषा, संस्कार र संस्कृतिको जर्गेनाको लागि सम्पूर्ण मगरहरु एकजुट हुनु पर्नेमा जोड दिनु भयो । संघका जिल्ला अध्यक्ष गीता सारुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका मनिष फाल, मगर महिला संघका चन्दा थापा, मगर चलचित्र संघका शंकर गाहा, श्याम थापा, संघका पुर्व जिल्ला सदस्य जनक थापा, झमबहादुर श्रीष, रिता थापा, वापा नारायण गाहा लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

उपाध्यक्ष आनबहादुर सोतीको स्वागत र सचिव कमल थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %