गोविन्द घर्ती
देवदह – नीजि विद्यालयहरुले शिक्षा क्षेत्रमा अह्म भूमिका खेलेको रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले बताउनु भएको छ ।
उहाले विद्यार्थीहरुलाई शिक्षा संगसंगै अतिरिक्त क्रियाकलापमा समेत सहभागि गराउनु पर्नेमा जोड दिदै अतिरिक्त क्रियाकलापले विद्यार्थीमा रहेको प्रतिभाहरु प्रस्फुटन गर्न सकिनेमा जोड दिनु भएको थियो । राष्ट्रिय नीजि तथा आवासीय विद्यालय यशोसियसन नेपाल रुपन्देहीद्धारा आयोजित देवदहको पानकारीमा छैठो जिल्ला स्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरु वीच एक आपसमा सद्भाव र भाईचारको सम्वन्ध प्रगाढा बनाउने बताउनु भयो ।
राष्ट्रिय नीजि तथा आवासीय विद्यालय यशोसियसन नेपाल रुपन्देहीका कार्यवहाक अध्यक्ष देउप्रकाश राईको अध्यक्षता, खेल संयोजक विष्णुप्रसाद पौडेलको स्वागत र होमनाथ ढुंगानाको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
