गोविन्द घर्ती
देवदह, माघ ८ – संविधान कार्यान्वयनको लागि सम्पूर्ण राजनैतिक दलहरु एकजुट हुनुको कुनै विकल्प नभएको सांसद अव्दुल रज्जाकले बताउनु भएको छ ।
उहाले राष्ट्रिय समस्या समाधान गर्न तिनतहको निर्वाचन अपिहार्य रहेकोमा जोड दिनु भयो । ज्ञानज्योति माध्यमिक विद्यालय देवदह–९, विशालनगरको ३० औं बार्षिकोतसव तथा अभिभावक दिवसलाई सम्वोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । नेपाली काग्रेस रुपन्देहीका सभापति समेत रहनु भएका सांसद रज्जाकले विद्यालयको शैक्षिक उन्नती र प्रगतिको लागि आफुले सदैव सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाले गुणस्तर शिक्षाको लागि शिक्षक, अभिभावक, विद्यार्थी र व्यवस्थापन समिति मिलेर काम गर्नु पर्नेमा जोड दिनु भयो । रज्जाकले राज्यले सवैको पहुचमा शिक्षा पुर्याउने लक्ष्य लिएको हुदा वालवालिकालाई विद्यालयको पहुचमा पुर्याउन सवै लाग्नु पर्नेमा जोड दिनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरी केसीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय निरिक्षक हरिलाल अर्याल, नेपाली काग्रेसका जिल्ला सदस्य वासुदेव रिमाल, नगर सभापति गुणखर भुर्तेल, क्रान्तिकारी माओवादीका ऋषिराम लामिछाने, राष्ट्रिय जनमोर्चाका धनकुमारी थापा, देवदह नगरपालिकाका विनोद ज्ञवाली, नेपाल अविनास सामाजिक सेवा संस्थाका खड्कबहादुर विक, देवदह माध्यमिक विद्यालयका लिलाधर पाण्डे, प्रगति प्राविका भिमदेव ढकाल, युगज्योति माविका हरी भण्डारी, प्रजापति प्राविका रामबरण यादव, बुद्धमावली आमा समुहका माया पराजुली लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
सहायक प्रधानाध्यापक नरेन्द्र अर्यालको स्वागत, शिक्षक टेकबहादुर थापाको संचालनमा भएको कार्यक्रममा विद्यालय प्रधानाध्यापक गोविन्द तिवारीले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
